

-
बढुवाको निश्चित र कडिकडाउ नियम नहुँदा दिनरात काममा खट्नुपर्ने प्रहरीहरु बढुवाको बेला आएपछि धामतिर लाग्नुपर्ने दुःख अझै बाँकी छ ।
News Desk 0 response बुधबार, पुस २, २०७६
‘धाम’ अर्थात्, शक्तिकेन्द्र वा शक्तिपीठतिर लाम लाग्दा खुल्नै लागेको बढुवाबाट लाभान्वित हुन पाइने आशामा झण्डै सय प्रहरी सक्रिय छन् । तर, सीट खालि छ, जम्मा चारको । माघ २८ गते आइजिपी सर्वेन्द्र खनाल, तीन एआइजीसहित ३० जनाको टोली ३० वर्षे लागेर घर जाँदैछ । तर, त्योभन्दा अगाडि नै तल्लो दर्जाको सिमित रिक्ततामा माथि उक्लिने प्रयासमा प्रहरी अधिकृतहरु कामबाट धामतिर लागेका हुन् । एसएसपी दर्जामा ६ वर्षे पदावधि लागेपछि आइजिपी खनालकै व्याची दिलिप बस्नेत मंसिर २७ गते घर गए । उनीअघि १९ गते वीरेन्द्र श्रेष्ठ गएका थिए । अब पुसको ११ गते विभूतिराज पाण्डे र भोजजंग शाह ३० वर्षे लागेर जाँदै छन् । यसो गर्दा चार एसएसपी रिक्त हुँदैछ । तर, बढुवाको धाममा लाम लाग्नेहरुको संख्या झण्डै २० जनाको छ । हिसाब कस्तो भने, चार एसपी एसएसपी भए भने त्यति नै संख्यामा एसपीको दरबन्दी खालि हुन्छ, केही डिएसपी बढुवा हुने भए, त्यसो गर्दा केही डिएसपी खालि हुन्छ, केही इन्स्पेक्टर दौडिने भए । यस्तै दौडले हो, अहिलेका प्रहरीलाई काममा हैन, धाममा भेटिन थालेको ।
रिक्त चार एसएसपीका दावेदारमध्ये डिएसपी बढुवादेखि नै सर्वाधिक पीडित भएका अशोक सिंह, सबै बढुवामा सफल भएर एसएसपीमा पुग्दा मार खाएका चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, राजेशनाथ बाँस्तोला, सुरेन्द्र मैनाली, चक्रबहादुर सिंह, कुवेर कठायतसहित हुन् । यीमध्ये अहिलेका शक्तिशाली एसपी हुन्, खापुङ । ११ गते विभूति र भोजजंग रिटायर्ड हुने, १३ गते खापुङ एसपी भएको तीन वर्ष पूरा हुने र १४ गते एक नम्बरमा खापुङको नाम राखेर बढुवा हुने भनी प्रहरीमा हल्लिखल्ली चलेको छ ।
केही एसपी उक्लिएपछि खालि हुने उक्त दर्जाका लागि केही डिएसपीको दौडधुप शुरु भइसकेको छ । ०५६ का इन्स्पेक्टरहरु एसपी भइसकेका छन् । ५८ का करिव ६० जनामध्ये १३ जना एसपी भइसके, बाँकी सबै डिएसपी एसपी हुन काम छोडेर धामतिर लागेका छन् । ती डिएसपी एसपी भएपछि डिएसपी हुनका लागि २०६७ सालमा भर्ना भएका इन्स्पेक्टरहरुको अर्को लाम छ ।

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



