
-
बढुवाको निश्चित र कडिकडाउ नियम नहुँदा दिनरात काममा खट्नुपर्ने प्रहरीहरु बढुवाको बेला आएपछि धामतिर लाग्नुपर्ने दुःख अझै बाँकी छ ।
News Desk 0 response बुधबार, पुस २, २०७६
‘धाम’ अर्थात्, शक्तिकेन्द्र वा शक्तिपीठतिर लाम लाग्दा खुल्नै लागेको बढुवाबाट लाभान्वित हुन पाइने आशामा झण्डै सय प्रहरी सक्रिय छन् । तर, सीट खालि छ, जम्मा चारको । माघ २८ गते आइजिपी सर्वेन्द्र खनाल, तीन एआइजीसहित ३० जनाको टोली ३० वर्षे लागेर घर जाँदैछ । तर, त्योभन्दा अगाडि नै तल्लो दर्जाको सिमित रिक्ततामा माथि उक्लिने प्रयासमा प्रहरी अधिकृतहरु कामबाट धामतिर लागेका हुन् । एसएसपी दर्जामा ६ वर्षे पदावधि लागेपछि आइजिपी खनालकै व्याची दिलिप बस्नेत मंसिर २७ गते घर गए । उनीअघि १९ गते वीरेन्द्र श्रेष्ठ गएका थिए । अब पुसको ११ गते विभूतिराज पाण्डे र भोजजंग शाह ३० वर्षे लागेर जाँदै छन् । यसो गर्दा चार एसएसपी रिक्त हुँदैछ । तर, बढुवाको धाममा लाम लाग्नेहरुको संख्या झण्डै २० जनाको छ । हिसाब कस्तो भने, चार एसपी एसएसपी भए भने त्यति नै संख्यामा एसपीको दरबन्दी खालि हुन्छ, केही डिएसपी बढुवा हुने भए, त्यसो गर्दा केही डिएसपी खालि हुन्छ, केही इन्स्पेक्टर दौडिने भए । यस्तै दौडले हो, अहिलेका प्रहरीलाई काममा हैन, धाममा भेटिन थालेको ।
रिक्त चार एसएसपीका दावेदारमध्ये डिएसपी बढुवादेखि नै सर्वाधिक पीडित भएका अशोक सिंह, सबै बढुवामा सफल भएर एसएसपीमा पुग्दा मार खाएका चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, राजेशनाथ बाँस्तोला, सुरेन्द्र मैनाली, चक्रबहादुर सिंह, कुवेर कठायतसहित हुन् । यीमध्ये अहिलेका शक्तिशाली एसपी हुन्, खापुङ । ११ गते विभूति र भोजजंग रिटायर्ड हुने, १३ गते खापुङ एसपी भएको तीन वर्ष पूरा हुने र १४ गते एक नम्बरमा खापुङको नाम राखेर बढुवा हुने भनी प्रहरीमा हल्लिखल्ली चलेको छ ।
केही एसपी उक्लिएपछि खालि हुने उक्त दर्जाका लागि केही डिएसपीको दौडधुप शुरु भइसकेको छ । ०५६ का इन्स्पेक्टरहरु एसपी भइसकेका छन् । ५८ का करिव ६० जनामध्ये १३ जना एसपी भइसके, बाँकी सबै डिएसपी एसपी हुन काम छोडेर धामतिर लागेका छन् । ती डिएसपी एसपी भएपछि डिएसपी हुनका लागि २०६७ सालमा भर्ना भएका इन्स्पेक्टरहरुको अर्को लाम छ ।


सम्बन्धित शीर्षकहरु
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९