
-
काठमाडौं ।
सरकारका योजनामा बैंकका कर्मचारीले चासो नदेखाईएको पाईएको छ । त्यसोततामझामपूर्ण प्रचारका बीच सुरु गरेको सामाजिक सुरक्षा कोष योजनाले श्रमिक र रोजगारदातालाई भने आकषिर्त गर्न सकेको छैन । जसका कारण संगठित क्षेत्रका ९ लाख रोजगारदातामध्ये १२ हजार मात्रै कोषमा आबद्ध भएका छन् । यी संस्थाका जम्मा १ लाख ३३ हजार कर्मचारी योजनामा सूचीकृत छन् । रोजगारदाताको अरुचिका बीच नियामक निकाय नै सम्बन्धित संस्थाहरुलाई कोषमा जान निर्देशन दिादै छन् । नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्त कम्पनीलाई निर्देशन दिएको साता बितिसकेको छ । तर बैंकका कर्मचारी भने खाईपाई आएको सुविधा कटौती हुनुका साथै बढी योगदान गर्ने र कम योगदान गर्नेले समेत एकै खालको सुविधा पाउने भन्दै विपक्षमा उभिएका छन् । कर्मचारीका अनुसार, उनीहरु अहिले तलबमा करिब ३६ प्रतिशत कर तिर्छन् । पछि सामाजिक सुरक्षा कोषबाट पेन्सन थाप्दा थप १५ प्रतिशत तिर्नुपर्ने भए दोहोरो मार पर्ने उनीहरुको भनाइ छ । साथै कोषमा जम्मा गरेको रकम नै गुम्ने जोखिम पनि उनीहरुले देखेका छन् । यी गुनासो सम्बोधन गर्न केही व्यवस्था हेरफेर गर्न तयार रहेको कोषको भनाइ छ । ६ वटा बैंकहरु भने यस योजनामा सामेल भइसकेका छन् । तर कोषले सबै क्षेत्रका श्रमिक र रोजगारदातालाई समेट्ने आकर्षक योजना ल्याउन नसकेको प्रष्ट छ । त्यसैले आशंका मेट्न र अव्यावहारिक व्यवस्थालाई संशोधन गर्न ढिलाइ गर्नुहुँदैन ।
News Desk 0 response बुधबार, पुस २, २०७६


सम्बन्धित शीर्षकहरु
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ :..
आइतवार, जेष्ठ १, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९