

-
भद्रपुर । एक दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका तथा बेवारिसे अवस्थामा बरामद गरिएका काठ लिलाम बिक्री गरिएको छ । वन मुद्दामा बरामद गरिएका र पुराना काठ बिक्रीबाट कार्यालयले रु ७४ लाख राजश्व प्राप्त गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । उहाँका अनुसार साल जातको काठ दुई हजार ८९० घनफिट र अन्यजातको ६१६ घनफिट गरी तीन हजार ५०६ घनफिट काठ लिलाम बिक्री भएको थियो ।
उहाँले सरकारले तीन ग्रेडमा राजश्व मूल्य तोकेको बताउँदै सोहीअनुरुप नै लिलाम बिक्री गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुखवा ए, बी र सी ग्रेडको प्रतिघनफिट रु एक हजार, रु ७०० र रु ५०० मूल्य निर्धारण गरिएको थियो । गत कात्तिकमा पत्रपत्रिकामा बोलपत्र आह्वानको सूचना निकाली कार्यालयमा परेको निवेदनका आधारमा सबैभन्दा बढी डाक बढाबढ गर्नेलाई काठ लिलाम बिक्री गरिएको प्रमुख घिमिरेले बताउनुभयो । काठसँगै बरामद गरिएका सवारी साधन पनि कार्यालयमा वर्षौँदेखि थुप्रिएका र काम नलाग्ने अवस्थामा पुगेकाले चाँडै प्रक्रिया पूरा गरेर लिलामी गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । रासस
News Desk 0 response बुधबार, पुस २, २०७६


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
क्यानको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने परेनन्
शुक्रबार, माघ १३, २०७९