-
भद्रपुर । एक दशकदेखि डिभिजन वन कार्यालय झापाको परिसरमा रहेको चोरी तस्करीमा समातिएका तथा बेवारिसे अवस्थामा बरामद गरिएका काठ लिलाम बिक्री गरिएको छ । वन मुद्दामा बरामद गरिएका र पुराना काठ बिक्रीबाट कार्यालयले रु ७४ लाख राजश्व प्राप्त गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । उहाँका अनुसार साल जातको काठ दुई हजार ८९० घनफिट र अन्यजातको ६१६ घनफिट गरी तीन हजार ५०६ घनफिट काठ लिलाम बिक्री भएको थियो ।
उहाँले सरकारले तीन ग्रेडमा राजश्व मूल्य तोकेको बताउँदै सोहीअनुरुप नै लिलाम बिक्री गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुखवा ए, बी र सी ग्रेडको प्रतिघनफिट रु एक हजार, रु ७०० र रु ५०० मूल्य निर्धारण गरिएको थियो । गत कात्तिकमा पत्रपत्रिकामा बोलपत्र आह्वानको सूचना निकाली कार्यालयमा परेको निवेदनका आधारमा सबैभन्दा बढी डाक बढाबढ गर्नेलाई काठ लिलाम बिक्री गरिएको प्रमुख घिमिरेले बताउनुभयो । काठसँगै बरामद गरिएका सवारी साधन पनि कार्यालयमा वर्षौँदेखि थुप्रिएका र काम नलाग्ने अवस्थामा पुगेकाले चाँडै प्रक्रिया पूरा गरेर लिलामी गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । रासस
News Desk 0 response बुधबार, पुस २, २०७६

सम्बन्धित शीर्षकहरु
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३

रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३