
-
कास्की । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले देशका सात प्रदेशमा एक÷एकवटा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला तथा ७५३ पालिकामा एक÷एक खेलग्राम स्थापना गर्ने गरी कार्य अघि बढाएको बताउनुभएको छ ।
संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको ‘१६औँ प्याब्सन स्पोर्ट्स मिट–२०७६’ को उद्घाटन कार्यक्रममा आज पोखरामा उहाँले देशको समृद्धिका लागि खेल क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने भएकाले खेलकूदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।
हालै सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) सभ्य र भव्य तरिकाले सम्पन्न भएको चर्चा गर्दै मन्त्री विश्वकर्माले सागमा प्राप्त उपलब्धिले खेल क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत परिर्वतन आएको उल्लेख गर्नुभयो । विद्यालयतहदेखि नै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनका लागि शिक्षण संस्थाहरुले शिक्षासँगै खेलकूदलाई समेत महत्व दिनुपर्ने मन्त्री विश्वकर्माको भनाइ थियो ।
शारीरिक र मानसिक स्वास्थ्यसँगै खेलबाट इतिहास रचेर भविष्य स्थापित गर्न सकिने चर्चा गर्दै उहाँले भन्नुभयो, “खेल क्षेत्रमा लागेर केही हुन्न र भविष्य छैन भनेर पछुतो मान्ने दिन समाप्त भयो । अब खेलकूदमा नाम र दाम दुवै छ । खेलाडीको भविष्य उज्ज्वल छ ।”
पोखरा रङ्गशालामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको काम छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उहाँले आगामी वर्ष पोखरामा नै आयोजना तय भएको नवौँ राष्ट्रिय खेलकूदका लागि आवश्यक पौडीपोखरी लगायतका पूर्वाधार निर्माणका कामसमेत यसै वर्ष शुरु गरिने जानकारी दिनुभयो ।
स्पोर्ट्स मिट उद्घाटनका अवसरमा सम्पन्न मार्चपासमा रेन्बो एकेडेमी प्रथम, नोबेल एकेडेमी द्वितीय, ढुङ्गेसाँघु बोर्डिङ स्कुल तृतीय तथा कञ्चनजङ्घा बोर्डिङ स्कुल, पोखरा लर्नस, सोसियल पब्लिक र हिमाञ्चल बोर्डिङले सान्त्वना स्थान प्राप्त गरे । विजयी विद्यालय तथा विद्यार्थीहरुलाई मन्त्री विश्वकर्माले ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
शिक्षासँगै विद्यार्थीहरुलाई खेलकूदमा उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको स्पोर्ट्स मिटमा प्याब्सनअन्तर्गतका ९६ विद्यालयका पाँच हजार १०० विद्यार्थीले विभिन्न स्पर्धामा सहभागिता जनाएको प्याब्सन कास्कीका अध्यक्ष पदमप्रसाद शर्माले जानकारी दिनुभयो । स्पोर्ट्स मिट पुस ५ गतेसम्म सञ्चालन हुनेछ । रासस
News Desk 0 response मङ्लबार, पुस १, २०७६


सम्बन्धित शीर्षकहरु
-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९
-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९