

-
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलको निर्धारित समयमा पुलिस र हिमालयनले गोल गर्न सकेनन् । पहिलो हाफमा पुलिसले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । खेलको १३औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले तथा ३०औँ मिनेटमा सुमन लामाले गोल गर्ने अवसर पाएका थिए । बराबरी खेलेपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।
आजै सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले सरस्वती युवा क्लबलाई ४–० गोलले पराजित ग¥यो । एनआरटीका लागि सरोज तामाङले दुई तथा विदेशी खेलाडी ओन्ग्विने निकेन्ग्वे र एनडेम्बा ओवानाले एक÷एक गोल गरे । तामाङले खेलको ६९औँ र ८१औँ मिनेटमा तथा निकेन्ग्वले ३९औँ मिनेटमा र ओवानाले ९०औँ मिनेटमा गोल गरेका हुन् । रासस
News Desk 0 response मङ्लबार, पुस १, २०७६

सम्बन्धित शीर्षकहरु
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



