

-
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलको निर्धारित समयमा पुलिस र हिमालयनले गोल गर्न सकेनन् । पहिलो हाफमा पुलिसले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । खेलको १३औँ मिनेटमा पुलिसका कप्तान जुमानु राईले तथा ३०औँ मिनेटमा सुमन लामाले गोल गर्ने अवसर पाएका थिए । बराबरी खेलेपछि दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।
आजै सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले सरस्वती युवा क्लबलाई ४–० गोलले पराजित ग¥यो । एनआरटीका लागि सरोज तामाङले दुई तथा विदेशी खेलाडी ओन्ग्विने निकेन्ग्वे र एनडेम्बा ओवानाले एक÷एक गोल गरे । तामाङले खेलको ६९औँ र ८१औँ मिनेटमा तथा निकेन्ग्वले ३९औँ मिनेटमा र ओवानाले ९०औँ मिनेटमा गोल गरेका हुन् । रासस
News Desk 0 response मङ्लबार, पुस १, २०७६


सम्बन्धित शीर्षकहरु
-
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चिनियाँ इञ्जीनियरलाई जासुसीको आरोपमा अमेरिकामा जेल सजाय
शुक्रबार, माघ १३, २०७९
-
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चालीस रोपनीमा अनार खेती
बिहिबार, माघ १२, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९