

-
काठमाडौँ । पोखरमा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई पराजित गर्दै विजयी शुरुआत गरेको छ ।
पोखरा रङ्गशालामा आज भएको आफ्नो पहिलो खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको हो । पोखराले दिएको १०८ रनको सामान्य लक्ष्य चितवनले १४ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै भेटायो ।
चितवनको जितमा बाबर हायातले अर्धशतकीय इनिङ्स खेले । ४२ बल खेलको उनले ६ चौका र चार छक्का प्रहार गर्दै अविजित ६६ रनको योगदान दिए । त्यस्तै सन्नी पटेलले २२ तथा रोहन मुस्ताफाले ११ रन जोडे ।
बलिङतर्फ पोखराका राशिद खान र सर्वोजित लड्डाले समान दुई/दुई विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १०७ रन बनाएको थियो । उसका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ३९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।
त्यसैगरी कुशल मल्लले १३ रन जोड्दा आसिफ शेख, राशिद खान र रवि इन्दर सिंहले समान १०/१० रन जोडे । दुई खेल खेलेको पोखराले एक खेलमा जित हात पारेको छ भने एक खेलमा हार ब्यहोरेको छ । रासस
News Desk 0 response मङ्लबार, पुस १, २०७६

सम्बन्धित शीर्षकहरु
-
इरानका शीर्ष सुरक्षा अधिकारी मारिएका इजरायलको दाबी
मङ्लबार, चैत्र ३, २०८२ -
इरान युद्ध : चीन भ्रमण झन्डै एक..
मङ्लबार, चैत्र ३, २०८२ -
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२
-
इरानका शीर्ष सुरक्षा अधिकारी मारिएका इजरायलको दाबी
मङ्लबार, चैत्र ३, २०८२ -
इरान युद्ध : चीन भ्रमण झन्डै एक..
मङ्लबार, चैत्र ३, २०८२ -
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२
-
खाडी क्षेत्रको तेल उत्पादन बन्द हुने कतारको..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२ -
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२



