

-
चरिकोट । दोलखा जिल्लाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक रु दुुई करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ ।
कृषि उत्पादनको राम्रो सम्भावना बोकेको मेलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा वार्षिकपमा दुई करोड रकम बराबरको सुन्तला उत्पादन हुने गरेको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो । मेलुङ गाउँपालिका समुद्री सतहदेखि ३३० मिटरको उचाइ सितलीदेखि तीन हजार ३०० मिटरको उचाइ शैलुङसम्म फैलिएको र समुद्री सतहबाट नौ सयदेखि एक हजार ४०० मिटर उचाइसम्म सुन्तला तथा अमिलो जातको फलफूल राम्रो उत्पादित हुने सुन्तला रसिलो, स्वादिलो तथा आग्र्यानिक हुने गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकाको वडा नं १ पवटी, वडा नं २ को ढल्केवर, डाडाँगाउँ, च्याने, वडा नं ४ का लामाटार, आँगेटार, मानेडाँडा, बुद्धचोक, वडा नं ६ को तीनपिप्लेलगायतको स्थानमा अत्यधिक सुन्ताल उत्पादन हुने गरेको छ । मेलुङको सुन्तला जिल्लाकै तामाकोशी चरिकोट मैनापोखरी बजारलगायत आसपासको जिल्लामा समेत खपत हुने गरेको छ । हिउँदको समयमा अत्यधिक सुन्तला उत्पादन हुने गरेता पनि त्यसलाई उचित भण्डारण गर्न नसक्दा किसानले न्यून मूल्यमा बिक्री गर्नुपरेको किसानले गुनासो गरेका छन् ।
सुन्तलाको माग देश र विदेशमा अत्यधिक भइरहेको अवस्थामा सुन्तला उत्पादन गर्नेतर्फ युवाहरुलाई प्रोत्साहन र परिचालन गर्न सकेमा युवालाई गाउँमै उत्पादनमा लगाउन सकिने र उत्पादनकै माध्यमबाट अर्थतन्त्र मजबुत बनाउन सकिने मेलुङ गाउँपालिका वडा नं १ का वडाध्यक्ष ईश्वर कोइरालाले बताउनुभयो । गाउँपालिकाले पालिकालाई सुन्तला उत्पादनबाट आत्मनिर्भर बनाउने र सुन्तला पकेट क्षेत्र घोषण गर्ने योजनाका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रवक्ता हीरा थोकरले बताउनुभयो । स्वस्थ एवं गुणस्तरीय बिरुवा वितरण बगैँचा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग, रोग कीरा व्यवस्थापन सुन्तला बचाऊँ अभियानजस्ता कार्यक्रम सञ्चालनमा रहेको प्रवक्ता थोकरले बताउनुभयो ।
सुन्तलाको बजारीकरण तथा प्रवद्र्धन गर्नका लागि मेलुङ गाउँपालिकाले मङ्सिर २८ र २९ गते दुईदिने सुन्तला महोत्सवसमेत आयोजना गरेको थियो । सुन्तला उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गराउने र मेलुङ सुन्तलाको बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको प्रवक्ता थोकरले बताउनुभयो । महोत्सवको अवसरमा सुन्तला विज्ञहरुद्वारा किसानलाई सुन्तलाका बारेमा प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरेको थियो । रासस
News Desk 0 response मङ्लबार, पुस १, २०७६

सम्बन्धित शीर्षकहरु
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३ -
आव २०८३/८४ को बजेट, यस्तो छ पूर्णपाठ
शनिबार, जेष्ठ १६, २०८३



