

-
चरिकोट । दोलखा जिल्लाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक रु दुुई करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ ।
कृषि उत्पादनको राम्रो सम्भावना बोकेको मेलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा वार्षिकपमा दुई करोड रकम बराबरको सुन्तला उत्पादन हुने गरेको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो । मेलुङ गाउँपालिका समुद्री सतहदेखि ३३० मिटरको उचाइ सितलीदेखि तीन हजार ३०० मिटरको उचाइ शैलुङसम्म फैलिएको र समुद्री सतहबाट नौ सयदेखि एक हजार ४०० मिटर उचाइसम्म सुन्तला तथा अमिलो जातको फलफूल राम्रो उत्पादित हुने सुन्तला रसिलो, स्वादिलो तथा आग्र्यानिक हुने गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकाको वडा नं १ पवटी, वडा नं २ को ढल्केवर, डाडाँगाउँ, च्याने, वडा नं ४ का लामाटार, आँगेटार, मानेडाँडा, बुद्धचोक, वडा नं ६ को तीनपिप्लेलगायतको स्थानमा अत्यधिक सुन्ताल उत्पादन हुने गरेको छ । मेलुङको सुन्तला जिल्लाकै तामाकोशी चरिकोट मैनापोखरी बजारलगायत आसपासको जिल्लामा समेत खपत हुने गरेको छ । हिउँदको समयमा अत्यधिक सुन्तला उत्पादन हुने गरेता पनि त्यसलाई उचित भण्डारण गर्न नसक्दा किसानले न्यून मूल्यमा बिक्री गर्नुपरेको किसानले गुनासो गरेका छन् ।
सुन्तलाको माग देश र विदेशमा अत्यधिक भइरहेको अवस्थामा सुन्तला उत्पादन गर्नेतर्फ युवाहरुलाई प्रोत्साहन र परिचालन गर्न सकेमा युवालाई गाउँमै उत्पादनमा लगाउन सकिने र उत्पादनकै माध्यमबाट अर्थतन्त्र मजबुत बनाउन सकिने मेलुङ गाउँपालिका वडा नं १ का वडाध्यक्ष ईश्वर कोइरालाले बताउनुभयो । गाउँपालिकाले पालिकालाई सुन्तला उत्पादनबाट आत्मनिर्भर बनाउने र सुन्तला पकेट क्षेत्र घोषण गर्ने योजनाका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रवक्ता हीरा थोकरले बताउनुभयो । स्वस्थ एवं गुणस्तरीय बिरुवा वितरण बगैँचा व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग, रोग कीरा व्यवस्थापन सुन्तला बचाऊँ अभियानजस्ता कार्यक्रम सञ्चालनमा रहेको प्रवक्ता थोकरले बताउनुभयो ।
सुन्तलाको बजारीकरण तथा प्रवद्र्धन गर्नका लागि मेलुङ गाउँपालिकाले मङ्सिर २८ र २९ गते दुईदिने सुन्तला महोत्सवसमेत आयोजना गरेको थियो । सुन्तला उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गराउने र मेलुङ सुन्तलाको बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको प्रवक्ता थोकरले बताउनुभयो । महोत्सवको अवसरमा सुन्तला विज्ञहरुद्वारा किसानलाई सुन्तलाका बारेमा प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरेको थियो । रासस
News Desk 0 response मङ्लबार, पुस १, २०७६

सम्बन्धित शीर्षकहरु
अमेरिकी राष्ट्रपति ट्रम्पले छ वर्षपछि सी जिनपिङसंग भेट गर्दै, व्यापार युद्ध वारपार हुने अपेक्षा
आइतवार, कार्तिक १०, २०८२-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



