

-
काठमाडौँ । ‘ए’ डिभिजनमा रहेको हिमालयन शेर्पा क्लबलाई यती एयरलाइन्सले एक वर्षका लागि रु २० लाख बराबरको मुख्य प्रायोजन गरेको छ ।
हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यती एयरलाइन्सका निर्देशक समर राणासँग रु २० लाख बराबरको मुख्य प्रायोजन गर्ने सम्झौतापत्रमा आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभयो । सम्झौतासँगै अब क्लबको नाम यती हिमालयन शेर्पा क्लब हुनेछ ।
सम्झौतापछि यती एयरलाइन्सका वरिष्ठ व्यवस्थापक भीमराज राईले सामाजिक उत्तरदायित्वको काम गर्ने उद्देश्यसहित क्लबलाई सहयोग गरिएको बताउनुभयो । क्लबका अध्यक्ष शेर्पाले यस किसिमको सहयोगले क्लब र फुटबल खेलको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हिमालयन शेर्पा क्लबका खेलाडीमा मानबहादुर तामाङ (कप्तान), भीषण गुरुङ, त्रिदेव गुरुङ, आशीष गुरुङ, सुरज गुरुङ, विजय गुरुङ, सञ्जय धिमाल, दिवस उराउ, विकास राई, किशोर गिरी, गिल्सन कान्दाङवा, निरज बस्नेत, कैलाश बस्नेत, छिरिङ तामाङ, अभी पौडेल, विश्वान, छोपबहादुर उछानी, रवि थापामगर, विनोद गुरुङ, राम्जी, अब्दुल्ला, स्टिभ, क्षितिज खड्का, सविन तामाङ र विशाल श्रेष्ठ छन् । टोलीको मुख्य प्रशिक्षकमा सञ्जीव बुढाथोकी छन् भने सहायक प्रशिक्षकमा मीन बस्नेत छन् । रासस
News Desk 0 response सोमवार, मंसिर ३०, २०७६

सम्बन्धित शीर्षकहरु
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



