
-
काठमाडौँ । ‘ए’ डिभिजनमा रहेको हिमालयन शेर्पा क्लबलाई यती एयरलाइन्सले एक वर्षका लागि रु २० लाख बराबरको मुख्य प्रायोजन गरेको छ ।
हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यती एयरलाइन्सका निर्देशक समर राणासँग रु २० लाख बराबरको मुख्य प्रायोजन गर्ने सम्झौतापत्रमा आज यहाँ आयोजित कार्यक्रममा हस्ताक्षर गर्नुभयो । सम्झौतासँगै अब क्लबको नाम यती हिमालयन शेर्पा क्लब हुनेछ ।
सम्झौतापछि यती एयरलाइन्सका वरिष्ठ व्यवस्थापक भीमराज राईले सामाजिक उत्तरदायित्वको काम गर्ने उद्देश्यसहित क्लबलाई सहयोग गरिएको बताउनुभयो । क्लबका अध्यक्ष शेर्पाले यस किसिमको सहयोगले क्लब र फुटबल खेलको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हिमालयन शेर्पा क्लबका खेलाडीमा मानबहादुर तामाङ (कप्तान), भीषण गुरुङ, त्रिदेव गुरुङ, आशीष गुरुङ, सुरज गुरुङ, विजय गुरुङ, सञ्जय धिमाल, दिवस उराउ, विकास राई, किशोर गिरी, गिल्सन कान्दाङवा, निरज बस्नेत, कैलाश बस्नेत, छिरिङ तामाङ, अभी पौडेल, विश्वान, छोपबहादुर उछानी, रवि थापामगर, विनोद गुरुङ, राम्जी, अब्दुल्ला, स्टिभ, क्षितिज खड्का, सविन तामाङ र विशाल श्रेष्ठ छन् । टोलीको मुख्य प्रशिक्षकमा सञ्जीव बुढाथोकी छन् भने सहायक प्रशिक्षकमा मीन बस्नेत छन् । रासस
News Desk 0 response सोमवार, मंसिर ३०, २०७६


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९