

-
काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको मौलिक खेल बाघचाललाई पनि समावेश गर्न मौलिक जरोकिलो पार्टीले माग गरेको छ ।
नेपालका मौलिक खेलहरुको पुनःजागरणका लागि सरकार तथा अन्य सरोकार भएका निकायलाई पहल गर्न अनुरोध गर्दै पार्टीले त्यसका लागि सहयोग गर्न तयार रहेको जनाएको छ । पार्टीका खेलकुद विभाग संयोजक प्रवीण बस्नेतले विज्ञप्ति जारी गर्दै नेपालका मौलिक खेललाई पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरेर मौलिक खेलको पुनःजागरण गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
पार्टीले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा ५१ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गर्न सफल भएकामा नेपाली खेलाडीलाई बधाई दिएको छ । साग खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकारलगायत सबै सरोकार भएका खेलकुद पदाधिकारी, खेलाडी, सुरक्षा निकायलाई पार्टीले धन्यवाद ज्ञापन गरेको छ ।
साग खेलकुदमा भएका कमीकमजोरीलाई सच्याउँदै आगामी दिनमा खेलसम्बन्धी भौतिक सामग्री तथा पूर्वाधार व्यवस्थापन र नेपालको खेल क्षेत्रको विकासका निम्ति दीर्घकालीन योजना निर्माण गर्न सरकारको ध्यान आकर्षण गराइएको संयोजक बस्नेतले बताउनुभयो । नेपालमा अझै पनि खेल खेलेरै जीवन निर्वाह गर्न सकिने वातावरण निर्माण गर्न नसकिएको वास्तविकतालाई स्वीकार गर्दै आवश्यक नीति निर्माण गर्न पनि पार्टीले माग गरेको छ । रासस
News Desk 0 response सोमवार, मंसिर ३०, २०७६

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



