

-
चितवन । अब कुखुराको मासु र यसका परिकार सहकारीमार्फत बिक्री केन्द्रबाट गरिने भएको छ । बिचौलियाको प्रभाव घटाउन र खपत बढाउन पहिलो पटक केन्द्र मार्फत विक्री वितरण गर्न लागिएको हो ।
नेपाल ह्याचरी उद्योग सङ्घको केन्द्रीय समितिको पहलमा पहिलो चरणमा चितवनमा मासु प्रशोधन र बिक्री केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो । सङ्घले ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ज्ञानबहादुर बिसुरालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरी काम अगाडि बढाइएको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार ह्याचरीका सञ्चालक, कृषक, कुखुरा व्यवसायीलगायत सदस्य रहेको सहकारी स्थापना गरी सोही सहकारीमार्फत केन्द्र स्थापना गर्न लागिएको हो । जिल्लामा १० कट्ठा जग्गा खरीद वा भाडामा लिएर मासु प्रसोधन केन्द्र स्थापना गरिने छ । सोही स्थानमा ठूलो चिस्यान केन्द्र तयार गरिने छ ।
यससँगै भरतपुर र रत्ननगर क्षेत्रमा तयारी मासु र सोहीबाट बन्ने परिकारको बिक्री केन्द्र सञ्चालन गर्न लागिएको पोख्रेलले जानकारी दिनुभयो । “यसको प्रभाव हेरेर देशैभर सहकारीमार्फत बिक्री केन्द्र स्थापना गरिने छ ।”उहाँले भन्नुभयो ।
समितिले सहकारी दर्ता र मासु प्रशोधन केन्द्रका लागि जग्गा खोज्ने काम गरिरहेको जनाएको छ । सहकारीमार्फत खोलिने केन्द्रबाट न्यूनतम नाफा राखेर सस्तो र गुणस्तरीय मासु एवं परिकार उपभोक्तालाई दिने जनाइएको छ ।
हाल कृषकले जिउँदो कुखुराको मूल्य कम पाएको भए पनि उपभोक्ताले खरीद गर्दा महँगो मूल्य तिर्न बाध्य हुनुपरेको छ । ह्याचरी उद्योगी, ब्रोइलर पाल्ने कृषक र उपभोक्ता सधैँ मर्कामा परेको एवं व्यवसाय धराशायी हुँदै गएपछि आफ्नै प्रशोधन र बिक्री केन्द्र खोल्न ह्याचरी उद्योगी र कृषक अघि बढेका हुन् ।
चल्लाको लागत मूल्य पाउन नसके पछि देशैभरका ह्याचरी उद्योगले आइतबारबाट दश दिनसम्म चल्ला उत्पादन बन्द गरेका छन् । हाल चल्लाको बजार मूल्य रु ३० रहेको छ । यसको लागत मूल्य रु ५५ पर्ने व्यवसायी बताउँछन् । रासस
News Desk 0 response सोमवार, मंसिर ३०, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



