
-
वीरगञ्ज । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुर बाराले उपभोक्ताहरुको मागअनुसार टर्की चराको उत्पादन गर्न नसक्दा यसको मासु खाने पौरखीहरु यसको मासु खानबाट वञ्चित भएका छन् । खानमा स्वादिलो तथा पौष्टिक तत्व प्रचुर मात्रामा रहेकाले यसको माग बढ्दै गए पनि केन्द्रले मागअनुसारको टर्की चरा उत्पादन गर्न नसकेपछि यसको मासु खाने पारखीहरु वञ्चित भएका छन् ।
सरकारी स्तरमा टर्की चराको उत्पादन गर्ने एकमात्र केन्द्रले स्रोत साधनको कमी तथा जनशक्तिको अभावको कारण मागअनुसारको टर्की चरा उत्पादन गर्न नसकेको प्राविधिक अधिकृत विकेद जिसीले बताउनुभएको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा सो केन्द्रले एक लाख २५ हजार मूल्य बराबरको टर्की चरा बेचेका थिए ।
यस टर्की चराको मासुमा शीत भण्डारण कम हुने भएकाले यसको मासु बिरामीले पनि खाने हुने भएकाले यसको माग बढ्दै गएको छ । केन्द्रले सन् २००१ देखि टर्की चराको उत्पादन गर्दै आएको र यहाँबाट उत्पादित टर्की चरा व्यापारीले नेपाल अधिराज्यभर लाने गरेको छ । अहिले फार्मभित्र १५० वटा मासु टर्की रहेको छ । फागुनदेखि भदौ महिनासम्म टर्कीको चल्ला उत्पादन हुने गरेको केन्द्रका क्षेत्रीय प्रमुख केशवप्रसाद श्रेष्ठले बताउनुभयो ।
कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको यो केन्द्रले विभिन्न प्रकारका धानको मूल बीउ उत्पादन गर्दै आइरहेको छ । यहाँबाट उत्पादित धानको मूल बीउ बजार भाउभन्दा कममा बिक्री हुने भएकाले किसान आकर्षित हुँदै आएका छन् । यहाँबाट उत्पादित मूल बीउले राम्रो उत्पादन दिने तथा सरकारी दरभाउमा बिक्री हुने गरेकाले किसान यसतर्फ आकर्षित भएका हुन् । फार्ममा ३० बिगाहा क्षेत्रफलमा धानको बीउ उत्पादन हुने गरेका छन् । रासस
News Desk 0 response शनिबार, मंसिर २८, २०७६


सम्बन्धित शीर्षकहरु

राष्ट्रपतिबाट संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम यस्तो छ (पूर्ण पाठसहित )
मङ्लबार, जेष्ठ १०, २०७९
निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनुपर्छ : मन्त्री बडू
आइतवार, जेष्ठ ८, २०७९-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९
-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९