

-
काठमाडौँ । नेपाल भ्रमण वर्षलाई सफल पार्न ठूला तारे होटलसँगै साना रेस्टुरेन्ट तथा बारहरुले पनि महत्वपूर्ण योगदान दिनसक्ने सम्बन्धित व्यवसायी तथा विज्ञहरुले बताएका छन् । रेस्टुरेन्ट तथा बार एशोसिएशन नेपाल(रेवान) र सेफ एशोसिएशनको संयुक्त आयोजनामा भएको आतिथित्यता(हस्पिटालिटी) तथा खाद्य सुरक्षासम्बन्धी कार्यशालाका सहभागी वक्ताहरुले भ्रमण वर्ष सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
News Desk 0 response शनिबार, मंसिर २८, २०७६
कार्यशालामा रेवानका अध्यक्ष अरनिको राजभण्डारी र सेफ एशोसिएशनका संस्थापक अध्यक्ष पुष्प थापाले नेपाल भ्रमण नेपालको पर्यटन विकामा महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै नोपल आउने विदेशी पर्यटक र स्वदेशी पर्यटकलाई स्वच्छ र गुणस्तरीय खाद्यवस्तु खान पाउने सुनिश्चित गर्न आफूहरु गम्भीर रहेको बताउनुभयो । महिला उद्यमी राज्यलक्ष्मी शाक्यले ‘अतिथि देवो भवः’को संस्कारमा हुर्किएका नेपालीले भ्रमण वर्षलाई अवसरको रुपमा लिएको र सरकारले पनि सम्बन्धित सबै व्यवसायीसँग समन्वय गरी अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो ।
सो अवसरमा एआइटिएम कलेजका प्राचार्य वसन्त जोशीले स्वस्थ्कर खाद्य उत्पादन र सुरक्षा, गेट कलेजका कार्यकारी प्रमुख खेम लाखैले रेस्टुरेन्ट सञ्चालन र फुडमाडौँका कार्यकारी प्रमुख निदान श्रेष्ठले अनलाइन रेस्टुरेन्ट व्यवसायको अवसरसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
रेवानका पूर्व अध्यक्ष किशोरराज पाण्डले आतिथ्यताका क्षेत्रमा आफूले सँगालेका अनुभवहरु राख्नुभएको थियो । कार्यशालामा रेस्टुरेन्ट सञ्चालक, सेफ तथा व्यवस्थापन अधिकृत गरी करीब ८० जनाको सहभागिता रहेको थियो । रासस


सम्बन्धित शीर्षकहरु
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
बैरागीको नेतृत्वमा भिजिट भिषा छानविन
सोमवार, असार ९, २०८२ -
‘जिरोदेखि सर्वोच्च’सम्मको यात्रा
सोमवार, असार ९, २०८२ -
इरानको फोर्दो परमाणु केन्द्रमा इजरायली आक्रमण
सोमवार, असार ९, २०८२ -
अमला रोका रिहा भए लगत्तै पक्राउ परिन्
सोमवार, असार ९, २०८२ -
इरानबाट ११ जना नेपाली फर्किँदै
सोमवार, असार ९, २०८२
-
टेक एण्ड पे प्रावधान हटाउन ..
बिहिबार, असार ५, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
बीपी राजमार्गमा १५ दिनसम्म रात्री सवारी साधन..
शुक्रबार, असार ६, २०८२ -
दैलेखको जलजलेमा मिथेन ग्याँसको विशाल भण्डारण भएको..
बिहिबार, असार ५, २०८२ -
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा फेरि सडक बन्द
शनिबार, असार ७, २०८२