

-
वालिङ । स्याङ्जाको सुन्तला चीन निर्यात गर्नका लागि नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्नका लागि अपनाउन सकिने रणनीतिकाबारेमा स्थानीय सरोकारवालासँग छलफल गरिएको छ ।
कृषि ज्ञानकेन्द्र स्याङ्जाको आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाको कार्यक्षेत्रभित्रका तथा सम्भावित क्षेत्रका नगरपालिका, गाउँपालिकाका प्रमुख एवं सम्बन्धित वडाध्यक्षसँग सुन्तलाको गुणस्तरका विषयमा छलफल गरिएको प्रधानमन्त्री कुषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनका सञ्चालक समिति संयोजक बोधराज अर्यालले बताउनुभयो ।
“स्याङ्जाको सुन्तला र सिन्धुलीको जुनार चीनको तिब्बत निर्यात गर्ने यसअघि नै सम्झौता भए पनि विविध कारणवश कार्यान्वयन हुन सकेको छैन”, उहाँले भन्नुभयो, “सम्झौता कार्यान्वयनमा केही अप्ठ्यारो रहेकाले सुन्तला निर्यातमा समस्या देखिएको छ, चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउँदा अप्ठ्यारा बुँदामा परिमार्जन गरेर पुनः सम्झौता भएको छ ।”
सुन्तला निर्यात गर्ने सम्बन्धमा चिनियाँ पक्षले केही शर्त राखेको छ । ती शर्त पूरा गरेपछि मात्रै स्याङ्जाको सुन्तला निर्यात हुने अवस्था आउने भएकाले सुन्तलामा लाग्ने रोग किरा तथा गुणस्तरमा ध्यान दिनु जरुरी रहेको संयोजक अर्यालले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन कार्यान्वयन एकाइअन्तर्गत स्याङ्जाका सुन्तला पकेट क्षेत्र रहेका स्थानीय तहका प्रमुख, वडाध्यक्ष एवं सरोकारवालासँग सुन्तलालाई रोग तथा किरामुक्त बनाउने र गुणस्तरयुक्त बनाउनका लागि अपनाउन सकिने उपायका बारेमा छलफल गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन कार्यान्वयन एकाइका कार्यालय प्रमुख मदनकुमार श्रेष्ठले बताउनुभयो ।
“चिनियाँ पक्षले पाँच वटा किरा तथा दुई वटा रोग फ्रि हुनुपर्ने शर्त राखेको छ”, कार्यालय प्रमुख श्रेष्ठले भन्नुभयो, “चिनियाँ पक्षले राखेको शर्त हामीले पूरा गरेपछि मात्रै यहाँको सुन्तला चीन निर्यात हुने भएकाले स्थानीय तहसँग सहयोग तथा प्रतिबद्धताका लागि छलफल गरेका हौँ ।” सुन्तलामा देखिएका रोग तथा किरा नियन्त्रणका लागि अहिले भएका कतिपय बोट हटाएर नयाँ लगाउनुपर्ने भएकाले पनि यो कार्यक्रम लागू भएका ठाउँमा स्थानीय तहले आर्थिक तथा अन्य आवश्यक सहयोग गर्नुपर्ने भएकाले सम्बन्धित स्थानीय तहसँग छलफल गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।
स्याङ्जालाई विशेष गरी सुन्तलाका क्षेत्रमा कार्य गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन एकाइअन्तर्गत सुन्तला सुपरजोनका रुपमा घोषणा भएपश्चात् अझ बढी व्यावसायिकता थपिँदै गएको छ । विसं २०७३/०७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरियो भने चालू आर्थिक वर्ष २०७५÷०७६ को शुरुआतसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको हो ।
स्याङ्जाका विभिन्न स्थानीय तहका १७ वडामा कूल एक हजार २५० हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा निर्माण गरिएको छ । जिल्लाका पुतलीबजार नगरपालिकाका वडा नं १, २, ३, ७, १०, ११, १३ र १४ भीरकोट नगरपालिकाका १, २, ३, ६, ७ र ८, वालिङ नगरपालिकाको वडा नं ४ र अर्जुनचौपारी गाउँपालिकाको वडा नंं १ र २ गरी कूल १७ वडामा सुन्तला सुपरजोन कार्यक्रम लागू भएको छ ।
नेपाल र चिनियाँ पक्षबीच स्याङ्जाको सुन्तला चीन निर्यात गर्ने भन्ने सम्झौता भए पनि गुणस्तरीयताका कारण निर्यात हुन नसकिरहेको अवस्थामा गुणस्तरमा जोड दिनका लागि अपनाउन सकिने उपायका बारेमा सरोकारवालासँगको छलफल उपयोगी भएको कृषि ज्ञानकेन्द्रका प्रमुख शालिकराम अधिकारीले बताउनुभयो । सुन्तलामा देखिने ग्रिनिङ तथा अन्य रोग किरा नियन्त्रण, रोगी बोट नष्ट गरी नयाँ र गुणस्तरीय बेर्ना लगाउने, निगरानी, नियमन गर्ने, सुन्तला बगैँचा व्यवस्थापन, सुन्तला भण्डारणका लागि उचित तापक्रम व्यवस्थापन, उपचारका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने तथा कृषकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने देखिएको ज्ञानकेन्द्र प्रमुख अधिकारीले बताउनुभयो ।
अपेक्षाकृत सुन्तला उत्पादन हुन नसकिरहेको अवस्थामा पकेट क्षेत्रका सन्तुला व्यवसायी तथा स्थानीय सरोकारवालालाई जानकारी गराई गुणस्तरीय उत्पादन वृद्धिका लागि छलफल उपयोगी भएको ज्ञानकेन्द्र प्रमुख अधिकारीको भनाइ छ । “सुन्तलाको गुणस्तर कायम राख्न र उत्पादनमा वृद्धि गर्नका लागि सबै एकजुट भएर लाग्नु जरुरी छ”, उहाँले भन्नुभयो, “गुणस्तरीयतालाई ध्यानमा राखेर उत्पादन गर्नसकेको खण्डमा तत्कालै नभए पनि एक÷दुई वर्षपछि भए पनि यहाँको सुन्तला चीन निर्यात हुन सक्नेछ ।” छलफलमा सहभागी स्थानीय तहका प्रमुख तथा सम्बन्धित वडाअध्यक्षले आआफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । – तोलाकान्त बगाले (रासस)
News Desk 0 response शनिबार, मंसिर २८, २०७६

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३



