

-
काभ्रेपलाञ्चोक । पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)को निर्माणकार्य तीव्ररूपमा अघि बढिरहेको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ र ८ को करीब एक हजार जमीनमा सेज हाल निर्माणाधीन अवस्थामा रहेको हो । सेजको मुख्य प्रशासनिक भवन निर्माणको काम भइरहेको छ । चालू आर्थिक वर्षको रु १२ करोडमा सेज आयोजनाको मुख्य भवन निर्माण भइरहेको हो भने रु तीन करोडमा पर्खाल तथा तारजाली लगाउने काम भइरहेको छ । करीब आठ वर्षअघि अर्थात् विसं २०६८ साउन २० गते पाँचखालमा सेजका स्थापनाका लागि जग्गा उपलब्ध गराउन वन मन्त्रालयले जिल्ला वन कार्यालयलाई निर्देशन दिएपछि प्रक्रिया शुरु भएको थियो ।
विभिन्न कानूनी प्रक्रियागत अवरोधका कारण तत्कालीन अवस्थामा नियमित काम हुन नसकेको पाँचखाल नपा–७ का वडाध्यक्ष पुष्कर ढकालले बताउनुभयो । उहाँका अनुसार हाल पाँँडुला देवीस्थान सामुदायिक वन र शिखरपुर सामुदायिक वन गरी करीब एक हजार रोपनी जग्गामा सेजका संरचना निर्माण शुरु गरिएको हो । “केही कानूनी अड्चनका कारण सेजको काम पहिला अघि बढ्न सकेको थिएन, अहिले केही खुकुलो बन्दै गएका कारण निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ”, उहाँले भन्नुभयो ।
विशेष आर्थिक क्षेत्र विकास समितिले बजेट निकास गर्ने निर्णयसँगै वातावरणीय प्रभाव मूल्याङ्कन गरी सिमाङ्कन तथा वनमा रहेका रुख हटाउने प्रक्रिया शुरु गरिएको थियो । अझै करीब ४० रोपनी जमीनमा रुख हटाउन बाँकी छ । यसका लागि जिल्लास्थित वन कार्यालयसँग समन्वय भइरहेको वडाध्यक्ष ढकालले बताउनुभयो ।
गौरव आयोजनामध्येको यो आयोजनामा तीव्रगतिमा भइरहेकाले निकट भविष्यमै सञ्चालनमा ल्याइने तयारी भइरहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थानीय नेता कञ्चन अधिकारीले बताउनुभयो । उहाँका अनुसार अर्थमन्त्री डा.युवराज खतिवडाले समय–समयमा निर्माणाधीन सेजको निरीक्षण गरी बजेट अभाव हुन नदिने आश्वासन दिँदै आउनुभएको छ । अर्थ मन्त्रलयले प्रदेश नं ३ सरकारसँग समन्वय गरी अरनिको राजमार्गदेखि करीब तीन किरोमिटरको दूरीमा निर्माणाधीन सेजसम्म पुग्ने सडक पक्की गरिदिने भएको छ ।
केही वर्षअघि सेजका लागि छुट्याइएको बजेट काम शुरु नहुँदा फर्किएको थियो । “हामीले निकै पहल ग¥यौँ पहिला काम शुरु गर्न तर विविध कारणले बजेटसेमत फिर्ता हुँदा निकै दुखित बनेका थियौँ, अब बल्ल शुरु भयो, निर्धक्क छौँ”, अधिकारीले भन्नुभयो । उहाँका अनुसार अर्थमन्त्री खतिवडाले सरकार एक्लैले सेज सञ्चालन गर्न नसक्ने भएकाले स्थानीय सरोकारवालाले व्यवसायी खोज्न पनि आग्रह गर्दै आउनुभएको छ ।
विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगले निर्यातजन्य उत्पादन गर्नेछ । उत्पादित वस्तुमध्ये ७५ प्रतिशत बाहिरी मुलुकमा र बाँकी स्वेदेशी बजारमा लैजाने योजना बनाइएको छ । विशेष आर्थिक क्षेत्र विकास समितिले भने चिनियाँ कम्पनीले पाँचखाल सेजमा वस्तु उत्पादन गरी उतै निर्यात गर्ने जनाउँदै आएको छ । रासस
News Desk 0 response शुक्रबार, मंसिर २७, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



