

-
काभ्रेपलाञ्चोक । पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)को निर्माणकार्य तीव्ररूपमा अघि बढिरहेको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ र ८ को करीब एक हजार जमीनमा सेज हाल निर्माणाधीन अवस्थामा रहेको हो । सेजको मुख्य प्रशासनिक भवन निर्माणको काम भइरहेको छ । चालू आर्थिक वर्षको रु १२ करोडमा सेज आयोजनाको मुख्य भवन निर्माण भइरहेको हो भने रु तीन करोडमा पर्खाल तथा तारजाली लगाउने काम भइरहेको छ । करीब आठ वर्षअघि अर्थात् विसं २०६८ साउन २० गते पाँचखालमा सेजका स्थापनाका लागि जग्गा उपलब्ध गराउन वन मन्त्रालयले जिल्ला वन कार्यालयलाई निर्देशन दिएपछि प्रक्रिया शुरु भएको थियो ।
विभिन्न कानूनी प्रक्रियागत अवरोधका कारण तत्कालीन अवस्थामा नियमित काम हुन नसकेको पाँचखाल नपा–७ का वडाध्यक्ष पुष्कर ढकालले बताउनुभयो । उहाँका अनुसार हाल पाँँडुला देवीस्थान सामुदायिक वन र शिखरपुर सामुदायिक वन गरी करीब एक हजार रोपनी जग्गामा सेजका संरचना निर्माण शुरु गरिएको हो । “केही कानूनी अड्चनका कारण सेजको काम पहिला अघि बढ्न सकेको थिएन, अहिले केही खुकुलो बन्दै गएका कारण निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ”, उहाँले भन्नुभयो ।
विशेष आर्थिक क्षेत्र विकास समितिले बजेट निकास गर्ने निर्णयसँगै वातावरणीय प्रभाव मूल्याङ्कन गरी सिमाङ्कन तथा वनमा रहेका रुख हटाउने प्रक्रिया शुरु गरिएको थियो । अझै करीब ४० रोपनी जमीनमा रुख हटाउन बाँकी छ । यसका लागि जिल्लास्थित वन कार्यालयसँग समन्वय भइरहेको वडाध्यक्ष ढकालले बताउनुभयो ।
गौरव आयोजनामध्येको यो आयोजनामा तीव्रगतिमा भइरहेकाले निकट भविष्यमै सञ्चालनमा ल्याइने तयारी भइरहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थानीय नेता कञ्चन अधिकारीले बताउनुभयो । उहाँका अनुसार अर्थमन्त्री डा.युवराज खतिवडाले समय–समयमा निर्माणाधीन सेजको निरीक्षण गरी बजेट अभाव हुन नदिने आश्वासन दिँदै आउनुभएको छ । अर्थ मन्त्रलयले प्रदेश नं ३ सरकारसँग समन्वय गरी अरनिको राजमार्गदेखि करीब तीन किरोमिटरको दूरीमा निर्माणाधीन सेजसम्म पुग्ने सडक पक्की गरिदिने भएको छ ।
केही वर्षअघि सेजका लागि छुट्याइएको बजेट काम शुरु नहुँदा फर्किएको थियो । “हामीले निकै पहल ग¥यौँ पहिला काम शुरु गर्न तर विविध कारणले बजेटसेमत फिर्ता हुँदा निकै दुखित बनेका थियौँ, अब बल्ल शुरु भयो, निर्धक्क छौँ”, अधिकारीले भन्नुभयो । उहाँका अनुसार अर्थमन्त्री खतिवडाले सरकार एक्लैले सेज सञ्चालन गर्न नसक्ने भएकाले स्थानीय सरोकारवालाले व्यवसायी खोज्न पनि आग्रह गर्दै आउनुभएको छ ।
विशेष आर्थिक क्षेत्रमा अवस्थित उद्योगले निर्यातजन्य उत्पादन गर्नेछ । उत्पादित वस्तुमध्ये ७५ प्रतिशत बाहिरी मुलुकमा र बाँकी स्वेदेशी बजारमा लैजाने योजना बनाइएको छ । विशेष आर्थिक क्षेत्र विकास समितिले भने चिनियाँ कम्पनीले पाँचखाल सेजमा वस्तु उत्पादन गरी उतै निर्यात गर्ने जनाउँदै आएको छ । रासस
News Desk 0 response शुक्रबार, मंसिर २७, २०७६


सम्बन्धित शीर्षकहरु

शेयर बजारमा इन्साइडर ट्रेडिङ गरेको आरोपमा गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर
बिहिबार, चैत्र ९, २०७९-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
एपीएफ क्लब ललितपुर मेयर्स कप महिला टी–२०..
शनिबार, चैत्र ११, २०७९ -
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९