
-
काठमाडौँ । सडक बोर्ड नेपालले काठमाडौँ उपत्यका लगायत देशभरका विभिन्न सडकका खाल्डाखुल्डी मर्मतका लागि छुट्याएको रकम खर्च हुन सकेको छैन ।
बिभिन्न जिल्लामा रहका डिभिजन सडक कार्यालय सडक मर्मतमा भन्दा नयाँ निर्माणमा लाग्दा मर्मतको काम योजनाभन्दा कम सम्पन्न भएको छ । केही वर्षदेखि बर्सेनि ८० देखि ८५ प्रतिशतसम्म मात्रै बजेट खर्च भइरहेको सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले बताउनुभयो । उहाँका अनुसार एकातिर सडक बोर्डले अझै पनि नेपाल सरकारबाट पाउनुपर्ने जति रकम पाइरहेको छैन भने अर्कातिर भएको बजेट पनि खर्च हुन सकिरहेको छैन ।
सडक डिभिजनलाई सडक विभागले नयाँ निर्माणमा लगाइरहेको छ । उहाँले भन्नुभयो, “नयाँ निर्माणको काम परियोजनामार्फत गरेर पनि डिभिजन कार्यालयलाई मर्मतको काममा लगाउनुपर्छ ।” सडक बोर्डले सडक उपभोग दस्तुर पेट्रोलियम पदार्थबाट सडक मर्मतका लागि बजेट व्यवस्थापन गर्दै आएको छ ।
सङ्कलन भएको बजेट देशभरका डिभिजन सडक कार्यालयबाट खर्च भइरहेको उहाँले बताउनुभयो । गत आवमा रु २५ अर्ब रकम सङ्कलन भएकामा सडक मर्मत, सुधारका लागि रु आठ करोड छुट्याइएको छ । बोर्डले अहिलेसम्म सात स्थानमा सडक दस्तुर सङ्कलन गर्दै आएकामा छिट्टै थप सात स्थानमा दस्तुर सङ्कलनको योजना बनाएको जनाएको छ । रासस
News Desk 0 response शुक्रबार, मंसिर २७, २०७६


सम्बन्धित शीर्षकहरु

राष्ट्रपतिबाट संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम यस्तो छ (पूर्ण पाठसहित )
मङ्लबार, जेष्ठ १०, २०७९
निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनुपर्छ : मन्त्री बडू
आइतवार, जेष्ठ ८, २०७९-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९
-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९