

-
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा इन्टरलक ब्रिक (भूकम्प प्रतिरोधात्मक इँटा) उद्योग सञ्चालन गरिएको छ । दिक्तेलका गोविन्द बजिमयको एकल लगानीमा साढे पाँच महिनाअघि उक्त इँटा उद्योग सञ्चालन गरिएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित जिल्ला प्रहरी कार्यालय अगाडि सञ्चालन गरिएको उक्त इँटा उद्योगबाट अहिलेसम्म दश हजार गोटा इँटा बिक्री भइसकेका जनाइएको छ । जिल्लामै पहिलो पटक सञ्चालन गरिएको उद्योगमा उत्पादित इँटाले बजारको माग धान्न हम्मे परेको छ । प्रतिगोटा रु ५७ पर्ने इन्टरलक इँटा बहुउपयोगी हुने भएकाले सबैले प्रयोग गर्न थालेका सञ्चालक बजिमयले बताउनुभयो ।
“जिल्लामा भूकम्पपछिको पुनः निर्माणको काम धमाधम भइरहेको छ”, उहाँले भन्नुभयो, “पाँच कामदार लगाएर उत्पादन गरिए पनि बजारको माग धान्न गाह्रो भएको छ ।” उद्योगमा काम गर्ने कामदारलाई प्रतिव्यक्ति रु दशदेखि बाह्र हजारसम्म तलब दिने गरिएको जनाइएको छ । दुई हाते यन्त्र जडान गरेर शुरु गरिएको उद्योग चार रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरिएको छ ।
घर निर्माणमा भूकम्प प्रतिरोधात्मक इँटा प्रयोग गर्दा प्लास्टर गर्नु नपर्ने, काठको आवश्यकता नपर्ने, ज्यामी ज्याला कम पर्ने तथा सिमेन्ट र बालुवा कम खपत हुने सञ्चालक बजिमयले बताउनुभयो । “सामान्य इँटा प्रयोग गर्दा लाग्ने सिमेन्ट र बालुवाको मात्रामा भूकम्प प्रतिरोधात्मक इँटा प्रयोग गर्दा चार भागको एक भागमात्र लाग्छ”, उहाँले भन्नुभयो, “कम खर्चिलो र दिगो हुने भएकाले इन्टरलक ब्रिक अर्थात् भूकम्प प्रतिरोधात्मक इँटा सबैको रोजाइमा परेको छ ।”
अहिले हाते यन्त्र प्रयोग गरिँदै आएको उद्योगमा केही दिनभित्रै इलेक्ट्रोनिक यन्त्र जडान गर्ने तयारी गरिएको सञ्चालक बजिमयले बताउनुभयो । “हातले चलाइने यन्त्रबाट अहिले दैनिक ४५० गोटा इँटा उत्पादन हुने गरेका छन्”, उहाँले भन्नुभयो, “बजारको मागअनुसार उत्पादन दिन नसक्ने भएपछि बजारको मागलाई सम्बोधन गर्न इलेक्ट्रोनिक यन्त्र जडान गर्ने तयारी गरिएको हो ।”
सिमेन्ट, बालुवा र चिप्स (सानो आकारको गिट्टी) प्रयोग गरिने भूकम्प प्रतिरोधात्मक इँटा मेशिनबाट झिकेर २४ घण्टासम्म सेटिङ गर्न र २० दिनसम्म क्युरिङ गर्न समय लाग्ने जनाइएको छ । उद्योगमा प्रयोग हुने कच्चापदार्थ (बालुवा र गिट्टी) स्थानीय साप्सुखोलाबाट ल्याउने गरिएको सञ्चालक बजिमयले बताउनुभयो ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्प र पराकम्पनका कारण घरविहीन बनेका पीडितमध्ये पुनःनिर्माणतर्फका आठ हजार ४६२ र प्रबलीकरणतर्फका ३६१ परिवार गरी कूल आठ हजार ८२३ लाभग्राही रहेका छन् । उनीहरुमध्ये अधिकांशले भूकम्प प्रतिरोधी घर निर्माण गर्न आवश्यक इँटाका लागि उक्त उद्योगमा सम्पर्क गरेका छन् ।
दश स्थानीय तह रहेको जिल्लामा यसअघि पुनः निर्माणका लागि आवश्यक इँटा राजधानी काठमाडौँ तथा तराईका जिल्लाबाट ल्याउने गरिएको थियो । जिल्लामा यसअघि सञ्चालन गरिएका सामान्य प्रविधि (माटो प्रयोग) गरेर उत्पादन गरिने इँटा गुणस्तरहीन भएको गुनासोपछि बन्द भएका थिए । रासस
News Desk 0 response शुक्रबार, मंसिर २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३


