

-
अर्कैै विषयमा छानबिन गर्दा छानबिन गर्न खोजिएको भन्दा गम्भीर तथ्यको खुलासा भएको छ ।
News Desk 0 response बिहिबार, मंसिर २६, २०७६
खराब कर्जाको धन्दा लुकाउन विभिन्न बैंक तथा वित्तीय संस्थाको दौडधुप चलिरहन्छ । यसक्रममा यस्तो काममा कदापि छैन भनिने गरिएको नेपाल इन्भेष्टमेण्ट बैंकको नाम पनि चुहिएको छ । र, यो धन्दा चलाएका छन्, राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ।
बैंकहरूले सर्वसाधारणबाट उठाएको निक्षेप विभिन्न क्षेत्रमा लगानी गर्छन् र त्यो लगानी डुब्दा बैंक मात्र डुब्दैन, निक्षेपकर्ता पनि मारमा पर्छन् । त्यस्तो काम इन्भेष्टमेण्ट बैंकले गरेको कुरा डेपुटी गभर्नरको शंकास्पद गतिविधि छानबिनका लागि गठित समितिले दिएको रिपोर्टबाट खुलेको हो । इन्भेष्टमेण्टले अर्बौं रुपैयाँको खराब कर्जालाई पनि असल कर्जा उल्लेख गरेको ‘चुरो’ तर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ । स्रोतका अनुसार निरीक्षण टोलीले रिपोर्टमा खराब कर्जा बराबरको रकम तत्काल प्रोभिजन गर्न निर्देशन दिएपछि बैंकको नेतृत्व तनावमा परेको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) विपरीत बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे र अध्यक्षले करोडौं कारोबार गरेकोसमेत देखिएकाले नियमनकारी निकायले दफा १०० बमोजिम कारबाही गर्नुपर्ने अडानमा निरीक्षण टोली टसकोमस भएन । तर, समस्या सामसुम पार्न भन्दै राष्ट्र बैंकको नेतृत्वले एकाएक सुपरिवेक्षण विभागको प्रमुुख नै परिवर्तन गरेर केही महिनाअघि गलत बाटो अपनायो । अहिले त्यही समस्या सामसुम पार्न अपनाइएको भनिएको गलत बाटो नै इन्भेष्टमेण्ट बैंक र राष्ट्र बैंकलाई गलपासो बन्दै गएको छ ।
उता, हिमालयन बैंकमा पनि सिइओ अशोक राणा आफ्नै गलत कार्यले समस्यामा परेका छन् । त्यहाँ पनि राष्ट्र बैंकको टोलीले राणाले विदेशबाट ल्याउने ऋणको प्रक्रियापूर्व बैंक सञ्चालक समितिको स्वीकृति नै नलिएको कैफियत जनाएपछि समस्या नयाँ मोडमा पुगेको हो । सिइओ र अध्यक्षबीच लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको अवस्थामा नियमनकारी निकायको पछिल्लो कैफियतले आफ्नो पद धरापमा पर्ने भन्दै राणाले हारगुहार गरेको समेत स्रोतको दाबी छ । इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयसमशेरका ज्वाइँँ हुन् भने अशोकचाहिँ छोरा ।


सम्बन्धित शीर्षकहरु
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९