

-
काठमाडौँ । सरकारले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा पदक विजेता खेलाडीलाई पुरस्कारको घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सागका विजेता खेलाडीलाई सम्मानका लागि आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले १३औँ सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही रु नौ लाख पुरस्कार दिने घोषणा गर्नुभयो । एउटाभन्दा बढी स्वर्ण जित्नेलाई जनही रु ११ लाख प्रदान गरिनेछ । यस्तै ‘टिम इभेन्ट’तर्फ स्वर्ण जित्ने खेलाडीलाई जनही रु पाँच लाख दिइनेछ । स्वर्ण पदक जित्ने खेलाडीका प्रशिक्षकले समेत रु पाँच लाख प्राप्त गर्नुहुनेछ ।
यस्तै रजत पदक जित्नेलाई जनही रु छ लाख तथा कास्य जित्नेलाई जनही रु तीन लाख पुरस्कारको प्रधानमन्त्री ओलीले घोषणा गर्नुभयो । यसअघि सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही रु पाँच लाख, रजत जित्नेलाई जनही रु तीन लाख तथा कास्य जित्नेलाई जनही रु दुई लाख पुरस्कार प्रदान गरिँदै आएको थियो ।
पुरस्कार घोषणा समारोहमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्बाङ, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायतको उपस्थिति रहेको थियो । मङ्गलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित २०६ पदक जितेको थियो । रासस
News Desk 0 response बुधबार, मंसिर २५, २०७६

सम्बन्धित शीर्षकहरु
-
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३
-
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



