

-
बनियानी । सरकारी अनुदानमा सञ्चालनमा आएको झापाको भद्रपुर–२ पृथ्वीनगरस्थित चिया कारखानाले तीन वर्षको अवधिमा रू ८ करोड ५२ लाख बराबरको चिया उत्पादन गरेको छ । सरकारको ५० प्रतिशत र साना चिया किसानको ५० प्रतिशत लगानीमा स्थापना भएको साना किसान चिया प्रशोधन कारखानाले गत असार मसान्तसम्ममा छ लाख ७९ हजार ९४५ केजी तयारी चिया बिक्री गरी रु आठ करोड ५२ लाख ८० हजार ३१३ आम्दानी गरेको हो ।
साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापनमा सञ्चालित कारखानाले आव ०७५÷०७६ मा मात्र चार लाख ३६ हजार ३९० केजी तयारी चिया उत्पादन गरेको संस्थाका प्रबन्धक देवीप्रसाद कोइरालाले जानकारी दिनुभयो । किसान आफैँले लगानी गरेर स्थापना गरेको यो चिया प्रशोधन कारखाना झापाको पहिलो हो । निजी क्षेत्रका उद्योगले किसानले उत्पादन गरेको हरियो चियापत्तीको उचित मूल्य नदिएपछि साना चिया किसानहरुले आफैं उद्योग स्थापना गरेका हुन् ।
कारखाना स्थापना भएपछि यहाँका किसानले राम्रो मूल्यमा हरियो चिया पत्ति बिक्री गरिरहेको संस्थाका अध्यक्ष सूर्यमान लिवाङले बताउनुभयो । “निजी कारखानाले आफू अनुकूल मूल्य दिँदा किसान मर्कामा परेका थिए”, उहाँले भन्नुभयो, “किसानको प्रयासमा सरकारले सहयोग गरेपछि चिया किसानले राहत पाएका छन्, चिया खेतीमा आकर्षण पनि बढ्दै गएको छ ।” विसं २०७१ मा रू ६ करोडको लगानीमा उक्त कारखाना स्थापना भएको हो । रासस
News Desk 0 response बुधबार, मंसिर २५, २०७६

सम्बन्धित शीर्षकहरु
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३


