

-
बनेपा । ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ नजिकिँदै गर्दा पनौतीलाई चिनाउने खालको तयारी अभियान शुरु गरिएको छ । ‘भिजिट नेपाल २०२०’ मा धेरैभन्दा धेरै पर्यटकलाई काभे्रपलाञ्चोकको पनौती नगरपालिकामा भित्र्याउन नगरपालिकाले विभिन्न योजना ल्याउने तयारी थालिसकेको पनौती पर्यटन विकास समितिले जनाएको छ ।
पर्यटन विकास समितिको आयोजनामा भएको बैठकमा पर्यटन वर्ष केन्द्रित पनौतीको चिनारीसहितको ब्रोसर र पर्यटन गाइडबुक निकाल्ने तयारीमा नगरपालिका योजनाका साथ अगाडि बढेको जानकारी दिइएको हो । नगर भ्रमणका लागि आउने पर्यटकले पनौतीको सांस्कृतिक सम्पदा, ऐतिहासिक, धार्मिक, भौगोलिक वातावरणीय अवस्थासहित त्यहाँका सबैखाले सम्भावना रहेको विषयमा उक्त गाइडबुक र ब्रोसरबाट धेरै जानकारी लिन सकिनेगरी निकाल्ने तयारीमा रहेको नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो ।
पनौती पर्यटन विकास समितिका संयोजक एवं वडा नं २ का अध्यक्ष पुरुषोत्तम अधिकारीले यही महिनाको अन्तिमसम्ममा ती सामग्री तयार भइसक्ने जानकारी दिनुभयो । “नगरपालिकाले नगरभित्रका सबै वडामा रहेको पर्यटन सम्भावित क्षेत्र वा भूगोलको पहिचान गरी गाइडबुक र पनौतीको चिनारी ब्रोसरमा समेट्ने गरी आवश्यक तयारी गर्दैछौँ”, उहाँले भन्नुभयो, “जसले गर्दा पर्यटकले एउटा गाइडबुक वा ब्रोसर अध्ययन गरेकै भरमा पनौतीको बारेमा सबै जानकारी लिन सकोस् ।”
गाइडबुकमा सकेसम्मको जानकारी सङ्कलन गरेर समेट्ने तयारीमा रहेको र यसै महिनाको अन्त्यसम्ममा ब्रोसर र गाइडबुकमा पनौतीमा प्याराग्याइडिङ, पदमार्ग, साइक्लिङ, हाइकिङलगायत पर्यटन सूचना केन्द्र तथा नगरभित्र सञ्चालनमा रहेका विभिन्न जात्रा, सांकृतिक सम्पदाका बारेमा जानकारी दिनेलगायतका जानकारीमूलक सन्देश समावेश हुने समितिले जनाएको छ ।
पर्यटन विकास समितिको छलफलमा नगरप्रमुख न्यौपाने, उपप्रमुख गीता बन्जारा, वडा नं ५ का अध्यक्ष श्रीधर उपाध्यय, वडा नं ११ का अध्यक्ष तारामान लामा, वडा नं १२ का अध्यक्ष ईश्वार जङ्गम, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीलगायत पर्यटन क्षेत्रका विज्ञको उपस्थिति थियो । रासस
News Desk 0 response मङ्लबार, मंसिर २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३


