

-
ठिनी । च्याङ्ग्राका पाठापाठी र पश्मिना उत्पादन गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा च्याङ्ग्रा फार्म सञ्चालनमा ल्याएको छ । स्थानीयस्तरमा गठित फार्म सञ्चालन समितिका अध्यक्ष माया विष्टका अनुसार अहिले फार्ममा ३०० च्याङ्ग्रा रहेका छन् ।
चार जना कर्मचारी कार्यरत रहेका छन् । “फार्म सञ्चालन गर्न स्थानीयस्तरमा उपभोक्ता समिति गठन भएको छ”, अध्यक्ष विष्टले भन्नुभयो, “च्याङ्ग्राको रेखदेखमा कर्मचारी छन् । हामीहरुले समन्वय र सहयोग गरेका छौँ ।”
भेटेरेनरी अस्पताल तथा पशु सेवाकेन्द्र म्याग्दीका प्रमुख नारायण कुसुमका अनुसार हिमाली क्षेत्रका चरनमा घुम्ती गोठमा पालिँदै आएका च्याङ्ग्रालाई एकै स्थानमा पाल्न सकिने विषयमा परीक्षण गर्न पनि फार्म सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।
अहिले तारबार गरिएको खुला ठाउँमै च्याङ्ग्रा पालिएको छ । भवनमा पाल्दा च्याङ्ग्रा बिरामी पर्न थालेपछि खुला ठाउँमा छानिएको केन्द्रले जनाएको छ । फार्म सञ्चालन गर्न बेनी–जोमसोम–कोरला सडकअन्तर्गत चराङखण्ड नजिकै तीन रोपनी जग्गा व्यवस्थापन गरिएको छ । च्याङ्ग्रालाई दिनमा चरनका लागि खर्कमा लगिने साँझ फार्ममा झारिने गरिन्छ ।
च्याङ्ग्राको पाठापाठीसँगै ऊन उत्पादन गर्ने फार्मको ध्येय रहेको छ । ऊन पश्मिना (कपडा) बनाउन प्रयोग गरिन्छ । हिमाली क्षेत्र र चिसो ठाउँमा पश्मिनाको कपडा प्रयोग हुन्छ । साथै नेपालबाट विदेशमा निकासी हुने सामानमा पश्मिना पनि एक हो । पर्याप्त जग्गा जमिन, चरनक्षेत्र र अनकूल हावापानी भएका आधारमा फार्मका लागि चराङ छानिएको प्रमुख कुसुमले जानकारी दिनुभयो ।
हिमाली हावापानीमा पालिने च्याङ्ग्राको मासुको माग उच्च छ । मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, जुम्लालगायत हिमाली जिल्लामा च्याङ्ग्रापालन हुन्छ । दशैँ र तिहारको समयमा हिमाली क्षेत्रका कृषकले पालेका भेडाच्याङ्ग्रा बिक्रीका लागि म्याग्दी, कास्की, बागलुङ, पर्वत, स्याङ्जा, तनहँु, चितवनका साथै काठमाडौँमा खपत हुने गर्दछ । रासस
News Desk 0 response सोमवार, मंसिर २३, २०७६

सम्बन्धित शीर्षकहरु
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
प्रस्तावित १३ राजदूतको सुनुवाइ सकियो, अनुमोदनका लागि..
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३
-
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत
बुधबार, अशोज २८, २०८३ -
यस वर्षको मनसुन बाहिरियो
बुधबार, अशोज २८, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३ -
राष्ट्रपति पौडेलले जारी गरे दुई अध्यादेश
मङ्लबार, अशोज २७, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३


