

-
चिप्लेढुङ्गा । तेह्रौँ साग भारोत्तोलनअन्तर्गत नेपाल पदक तालिकामा थप एक एक रजत र कास्य थप्न सफल भएको छ । चार दिनसम्म पोखरामा चलेको सो प्रतियोगिताको अन्तिम दिन आज नेपालका लागि सागर भण्डारीले पुरुष १०९ तौल समूहमा रजत पदक जित्न सफल हुनुभयो ।
यस्तै १०९ प्लस तौल पुरुष १०९ तौल समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जित्नुभयो । उहाँले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार बहन गर्नुभएको थियो ।
नेपालका लागि रजत जित्नुभएका भण्डारीले राष्ट्रिय रेकर्डसहित रजत जित्नुभएको हो । उहाँले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाउनुभयो । सागको छनोट चरणमा आफ्नो नामको तीनै विधाको रेकर्ड १३ औंँ सागमा उहाँले भङ्ग गरेको जानकारी नेपाल भारोत्तोलन सङ्घका प्रवक्ता रुकेश तण्डुकारले जानकारी दिनुभयो ।
प्रतियोगितामा बङ्गलादेशका मोहम्मद अब्दुल्लाह अई मुमिनले कास्यमा चित्त बुझाउनुभयो । उहाँले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४७ सहित कुल २६७ तौल उठाउनुभएको थियो ।
आज नै भएको १०९ प्लस तौल समूहमा पाकिस्तानकै मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जित्नुभयो । उहाँले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाउनुभएको थियो । सो तौल जारी संस्करणको सर्वाधिक भार बहन हो ।
यस्तै श्रीलङ्काली डब्लु पीयु चरुकाले रजत पदक जित्नुभएको छ । उहाँले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३२० भार बहन गर्दा नेपालका लागि पुकारले कुल २७५ तौल उठाए । उहाँले स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ भार बहन गर्नुभयो । नेपालका लागि रजत र कास्य जित्ने दुवै खेलाडीले समान २७५ तौल उठाएका हुन् । पुकारका लागि स्न्याच विधामा राष्ट्रिय रेकर्ड हो । सो स्पर्धामा बङ्गलादेशका खेलाडी चौथो भए ।
बीस स्वर्णसहित कुल ६० पदकका लागि महिला तथा पुरुषतर्फ दश दश वेट क्याटागोरीमा भएको खेलमा नेपालले कुल १६ क्याटागोरीमा भाग लिएको थियो । सबै इभेन्टमा नेपालले पदकविहीन हुनुपरेन । यसरी साग भारोत्तोलनमा नेपालले दुई स्वर्ण, तीन रजत र ११ कास्य पदक जित्दै यात्राको सुखद् अन्त्य गरेको छ । रासस
News Desk 0 response आइतवार, मंसिर २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
इरानका शीर्ष सुरक्षा अधिकारी मारिएका इजरायलको दाबी
मङ्लबार, चैत्र ३, २०८२ -
इरान युद्ध : चीन भ्रमण झन्डै एक..
मङ्लबार, चैत्र ३, २०८२ -
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२
-
इरानका शीर्ष सुरक्षा अधिकारी मारिएका इजरायलको दाबी
मङ्लबार, चैत्र ३, २०८२ -
इरान युद्ध : चीन भ्रमण झन्डै एक..
मङ्लबार, चैत्र ३, २०८२ -
हर्मुज स्ट्रेटमा युद्धपोत पठाउन सात देशलाई ट्रम्पको..
मङ्लबार, चैत्र ३, २०८२ -
आवसिन हुरीबतास, चट्याङसहित पानी पर्ने सम्भावना
मङ्लबार, चैत्र ३, २०८२ -
छ हजार ग्यास सिलिन्डर लुकाएको भेटियो
मङ्लबार, चैत्र ३, २०८२
-
खाडी क्षेत्रको तेल उत्पादन बन्द हुने कतारको..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२ -
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२



