

-
भक्तपुर । गुण्डुका बासिन्दालाई खानेपानी पुर्याउने उद्देश्यले रु एक करोडको लागतमा शुरु भएको खानेपानी आयोजनाको शिलन्यास गरिएको छ ।
सूर्यविनायक नगरपालिका–७ गुण्डुमा गुण्डु वृहत खानेपानी समितिले निर्माण गर्न लागेको खानेपानी ट्याङ्की निर्माण र पाईपलाइन विस्तारकार्यको भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वउद्योगमन्त्री महेश बस्नेत र नगर प्रमुख बासुदेव थापाले संयुक्तरुपमा आयोजनाको शिलान्यास गर्नुभएको हो ।
नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को स्वीकृत योजना ६०–४० अन्तर्गत नगरपालिकाको रु ६० लाख र उपभोक्ताका तर्फबाट काठमाडौँ वल्र्ड स्कुलको रु. ४० लाख गरी कुल रु एक करोडको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न गरिनेभएको छ । निर्माण शुरु भएको आयोजनाअन्तर्गत दुई लाख लिटर क्षमताको ट्याङ्की निर्माण र पाईपलाइन विस्तार गरिने भएको छ । योसँगै गुण्डुका अधिकांश ठाउँमा खानेपानीको पर्याप्त व्यबस्था हुने भएको छ ।
कार्यक्रममा सांसद बस्नेतले विकासमा बाधा पुर्याउने र निर्माणमा ढिलाई गर्नेलाई जनताले कारबाही गर्ने बताउनुभयो । विकासमा कसैले ढिलाई गरे त्यसबाट उत्पन्न जनआक्रोसलाई समर्थन गर्न जनप्रतिनिधि बाध्य हुने बताउँदै उहाँले कसैले पनि विकासलाई छेक्न र ढिलाई गर्ने कार्य नगरी सहयोग गर्न आह्वान गर्नुभयो । रासस
News Desk 0 response आइतवार, मंसिर २२, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



