

-
भक्तपुर । गुण्डुका बासिन्दालाई खानेपानी पुर्याउने उद्देश्यले रु एक करोडको लागतमा शुरु भएको खानेपानी आयोजनाको शिलन्यास गरिएको छ ।
सूर्यविनायक नगरपालिका–७ गुण्डुमा गुण्डु वृहत खानेपानी समितिले निर्माण गर्न लागेको खानेपानी ट्याङ्की निर्माण र पाईपलाइन विस्तारकार्यको भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वउद्योगमन्त्री महेश बस्नेत र नगर प्रमुख बासुदेव थापाले संयुक्तरुपमा आयोजनाको शिलान्यास गर्नुभएको हो ।
नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को स्वीकृत योजना ६०–४० अन्तर्गत नगरपालिकाको रु ६० लाख र उपभोक्ताका तर्फबाट काठमाडौँ वल्र्ड स्कुलको रु. ४० लाख गरी कुल रु एक करोडको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न गरिनेभएको छ । निर्माण शुरु भएको आयोजनाअन्तर्गत दुई लाख लिटर क्षमताको ट्याङ्की निर्माण र पाईपलाइन विस्तार गरिने भएको छ । योसँगै गुण्डुका अधिकांश ठाउँमा खानेपानीको पर्याप्त व्यबस्था हुने भएको छ ।
कार्यक्रममा सांसद बस्नेतले विकासमा बाधा पुर्याउने र निर्माणमा ढिलाई गर्नेलाई जनताले कारबाही गर्ने बताउनुभयो । विकासमा कसैले ढिलाई गरे त्यसबाट उत्पन्न जनआक्रोसलाई समर्थन गर्न जनप्रतिनिधि बाध्य हुने बताउँदै उहाँले कसैले पनि विकासलाई छेक्न र ढिलाई गर्ने कार्य नगरी सहयोग गर्न आह्वान गर्नुभयो । रासस
News Desk 0 response आइतवार, मंसिर २२, २०७६


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
क्यानको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने परेनन्
शुक्रबार, माघ १३, २०७९