

-
काठमाडौँ । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.४५ विन्दुले बढेर एक हजार १३५.३७ विन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.७५ विन्दुले बढेर २५०.५२ मा पुगेको छ । नेप्से बढ्दा कारोवार रकम पनि केही बढेको छ । कूल १७१ कम्पनीका नौ लाख ८७ हजार ७३९ कित्ता शेयर रु २८ करोड ७५ लाख २७ हजार ८२५ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल १२ उपममूहमध्ये छ उपसमूहका शेयर उकालो लागेका छन् भने छ उपसमूहका शेयर ओरालो लागेका छन् । बैंकिङ ०.४८, व्यापार ८.९७, होटल ८.९५, विकास बैंक ५.५९, अन्य १९.४७ र लघुवित्त १७.०९ विन्दुले बढेका छन् ।
यस्तै जलविद्युत् ४.६४, वित्त १.७९, निर्जीवन बीमा ३४.३, उत्पादन ८.२३, जीवन बीमा ११.६४ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । नेप्सेका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक शेयरको कारोवार शीर्ष स्थानमा रहेको छ । सो कम्पनीका संस्थापक शेयर रु दुई करोड १३ लाख ३६ हजार बराबरको कारोवार भए । मुक्तिनाथ विकास बैंक रु एक करोड ७२ लाख ४९ हजार ७१६, एनएमबी बैंक रु एक करोड ६१ लाख ७७५, नेपाल लाइफ इन्स्योरेन्सक कम्पनी रु एक करोड २९ लाख ११ हजार ९९३, एनआइसि एशिया रु ९९ लाख ७१ हजार ६१२ र सिभिल बैंक रु ९६ लाख १४ हजार २३५ को कारोवार भई शीर्ष स्थानमा रह्यो ।
नेप्सेका अनुसार कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले ७.१० प्रतिशतले कमाउदा स्वरोजगार लघुवित्त विकास बैंक ५.९६, युनियन हाइड्रोपावर ५.८८, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ५.६३, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ५.३०, नयाँ नेपाल लघुवित्त विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.८५ प्रतिशतले कमाए । त्यस्तै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३.८४, आँखु खोला जलविद्युत् कम्पनी ३.५०, हिमालयन ऊर्जा विकास कम्पनी तीन, घोडाघोडी लघुवित्त वित्तीय संस्था २.७५, राष्ट्रिय बीमा कम्पनी २.५९ र अरुण काबेली पावरका शेयरधनीले २.५८ प्रतिशतले गुमाए । रासस
News Desk 0 response आइतवार, मंसिर २२, २०७६

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



