

-
मुग्लिन । सुन्तलाका बोट मर्न थालेपछि चितवनका किसान चिन्तित बनेका छन् । सुन्तलाखेतीले परिचित इच्छाकामना गाउँपालिका– ५ तामिन गाउँका किसान सुन्तलाका बोट मर्न थालेपछि चिन्तित बनेका हुन् ।
विगत केही वर्षयता सुन्तलाका बोट मर्न थालेका तामिन कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत रहनुभएका कृषक हरिबहादुर नेपालले बताउनुभयो । गत वर्ष मात्र रु सात लाखका सुन्तला बेचेर आम्दानी गर्नुभएका कृषक नेपालले यस वर्ष रु एक लाखको हाराहारीमा मात्र आम्दानी हुने अनुमान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुन्तलाका बोट मरेर बगैँचा रित्तो हुँदैछ, भएका बोटमा पनि राम्रो दाना लागेका छैनन्, गत वर्ष रु सात लाखका सुन्तला बिक्री गरे, यस वर्ष रु एक लाख आम्दानी हुने अनुमान गरेको छु, हरेक वर्ष आम्दानी घट्दो छ ।”
सुन्तलाका बोट मर्न थालेसँगै हरेक वर्ष आम्दानी घट्न थालेपछि अहिले किसान अन्य विकल्पतर्फ लागेका अर्का युवा कृषक रामप्रसाद बोहोराले बताउनुभयो । बोहोराका अनुसार अहिले सुन्तला मासेर गोलभेडालगायत अन्य तरकारीखेती गर्नतर्फ किसान लगेका छन् । उहाँले भन्नुभयो, “वर्षेनी सुन्तलाका बगैँचा रित्तिदै गएका छन्, भएका बोटमा पनि राम्रो फल लाग्न छाडेको छ, बयस्क बोट पनि मर्न थालेका छन्, अहिले किसान विकल्पमा अन्य तरकारीखेतीतर्फ लागेका छन् ।”
उहाँका अनुसार तामिनमा मात्र ६० घरपरिवारले सुन्तलाखेती गर्दै आएका छन् । राम्रो फल लागेको वर्ष तामिन गाउँमा सुन्तलाबाट मात्र रु दुई करोडसम्म आम्दानी भित्रिने गरेको उहाँले बताउनुभयो । यहाँ एकै किसानले राम्रो फल लागेको वर्ष वार्षिक रु २० लाखसम्म आम्दानी गर्छन् । केही वर्षयता क्रमश ः सुन्तलाका बोट मासिँदै गएपछि वर्षेनी आम्दानी घट्ने क्रममा छ । दुई वर्षअघि कृषि विज्ञ प्राविधिकलाई सुन्तला बगैँचामा नै ल्याएर अध्ययन गराएका थिए । कृषि विज्ञले ती बगैँचामा सबै सुन्तलाको बोट नष्ट गरी कम्तीमा दुई वर्ष खाली राख्न सुझाव दिएको कृषक नेपालले बताउनुभयो ।
तामिन गाउँ जिल्लाकै स्वादिलो सुन्तला उत्पादन हुने गाउँ भनेर परिचित छन् । सुन्तलामा रोगको सङ्क्रमण बढ्दै गएपछि यहाँका सुन्तला बगैँचा रित्तिदै गएका छन् । विकल्पमा अहिले यहाँका किसान अन्य तरकरीखेतीतर्फ लागेका छन् । यहाँ किसानले विसं २०५२ देखि नै व्यवसायी सुन्तलाखेती गर्दै आएका हुन् । वडा नं ५ कै साठीमुरे गाउँमा पनि यस वर्ष सुन्तलामा फल लागेन । अलीअली लागेका फल पनि असिनाले नष्ट गरेको यानबहादुर गुरुङले बताउनुभयो । रासस
News Desk 0 response शुक्रबार, मंसिर २०, २०७६

सम्बन्धित शीर्षकहरु
साढे ९ खर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई
आइतवार, कार्तिक १६, २०८३-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


