

-
काठमाडौँ । के कमर्शियल बैंकको मुख्य काम नाफा मात्र आर्जन गर्नु हो ? होइन, भने अनुत्पादक क्षेत्रमा लगानी वढाउन ग्राहकलाई किन हौस्याइरहेका हुन्छन् ? यसको जवाफ सजिलो छैन ।
‘फाइनान्स सुविधा ८० प्रतिशत, एक दिनमा ऋण स्वीकृत’, गतसाता एक साप्ताहिक पत्रिकाले रङ्गिन छपाईमा यस्तो विज्ञापन छापेको थियो । अहिले कमर्शियल बैंकले छापा तथा इलोक्ट्रोनिक माध्यमलाई विज्ञापन प्रकाशित र प्रशारण गर्न दिँदै ग्राहकलाई गाडी बिक्रीमा (अटो ऋण) दिन लोभ्याइरेहका छन् । नेपाल राष्ट्र बैंकले कूल लगानीयोग्य रकमको १० प्रतिशत कर्जा कृषि क्षेत्रमा उपयोग गर्न कार्यविधिमार्फत सार्वजनिक गरेको छ । सरकारले किसानका लागि सहुलियतपूर्ण कृषि कर्जाको ब्याजदर पाँच प्रतिशत निर्धारण गरेको छ ।बैंकहरुले कृषि कर्जामा लगानी गरेबापत १० प्रतिशत मुनाफा पाउँछन् । सरकारले कृषि क्षेत्रमा लगानी गर्ने बैंकलाई थप पाँच प्रतिशत ब्याज उपलव्ध गराउँदै आएको छ । वरिष्ठ अर्थशास्त्री केशव आचार्य भन्नुहुन्छ “ उत्पादनका क्षेत्रमा लगानी गर्न कमर्शियल बैंक उत्साहित हुनुपर्छ ,” । वित्तशास्त्री भवानी खनाल बैंकले छिट्टै लगानी गरेर तत्काल प्रतिफल मात्र लिन मोहित भएकाले उत्पादनका क्षेत्रमा नगन्य लगानी भएको र व्यापार घाटा, र बेरोजगार बढ्दै गएको वताउनुहुन्छ ।
राष्ट्रिय उत्पादनमा कृषकको योगदान धेरै रहको छ । वित्तीय संस्थाले कृषकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकेको देखिदैन । बैंकले अनाज (अन्न), तरकारी, चिया÷ कफी, सुर्ती, जुट, नगदेबाली, फलपूmल, पूष्पखेती, कुखुरापालन, र माछा गरी जम्माजम्मी नौ प्रकारका क्षेत्रमा लगानी गरेको दाबी गरेको छ । राष्ट्रिय कृषक समूह महासङ्घका पूर्वध्यक्ष उद्धव अधिकारी भन्नुहुन्छ “कृषक वित्तीय संस्थासँग सन्तुष्ट छैनन् ,”
नेपालको छैठौँ कृषि गणना २०६८ ले ४२ प्रतिशत किसानले कृषि ऋण नपाएको जनाएको थियो । चालु आर्थिक वर्षको बजेटमा आगामी पाँच वर्षमा कृषिको उत्पादन दोब्बरले बढाउने घोषणा गरिएको छ । असोज मसान्तसम्म वाणिज्य बैंक तथा वित्त संस्थाले झण्डै रु ३१ खर्ब लगानी गरेका छन् । अनुत्पादक क्षेत्र मानिएको घर घडेरी, सवारीसाधन, मेशिनरी तथा सुनचाँदी खरिदका लागि भने झण्डै ६५ प्रतिशत हुन आउछ ।धान, मकै र गहुँ उत्पादनमा उत्साहजनक लगानी छैन । अन्न उत्पादनमा कृषि विकास बैंकको लगानी करीब रु पाँच अर्बमा सीमित छ । बैंकले कृषिका अन्य क्षेत्र– तरकारी र कुखुरापालनमा भने लगानी विस्तार गर्दै लगेका छन् ।
केहीवर्ष अघिसम्म रुपैया बचत गर्न मानिस बैंक धाउने गर्थै । आजभोलि वित्तीय पहुँच सहज भएकाले बैँक आकर्षण नारा दिएर ग्राहकका घरदैलोमा पुग्न भने थालेका छन् । उनीहरुले आफ्नो संस्थाले दिने बचतमा ब्याज, ऋणमा लाग्ने ब्याजदर, लगानीका क्षेत्र, जोखिमको अवस्थाका सम्बन्धमा घरदैलोसम्म पुगी सेवाग्राहीलाई जानकारी गराउन थालेका छन् । यसबाट बैंकप्रतिको विश्वास बढ्दै गएको भए पनि साना तथा मझौला किसान भने खुशी रहेका छैनन ।
News Desk 0 response बिहिबार, मंसिर १९, २०७६
विश्व बैंकका अनुसार सन् २०१७ मा १५ वर्ष भन्दा बढी उमेरका ५० प्रतिशत पुरुष र ४२ प्रतिशत महिला गरी औसतमा ४५ प्रतिशत नेपालीको बैंक खाता रहेको जनाइएको छ । कृषकले भने समयमा कर्जा प्राप्त गर्न सकेका छैनन् । रासस

सम्बन्धित शीर्षकहरु
फ्रान्सेली राष्ट्रपति म्याक्रोंको ‘सेक्सी स्टाइल’ले चश्मा कम्पनीको शेयरमा उछाल
शुक्रबार, माघ १०, २०८२-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
शान्ति वार्तासँगै रुस र युक्रेनबिच कैदीबन्दी साटासाट
शुक्रबार, माघ २४, २०८२ -
बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना, १३..
शुक्रबार, माघ २४, २०८२ -
भारतमा भएको कोइलाखानी विस्फोटमा परि खोटाङका दाजुभाइको..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच उच्चस्तरीय सैन्यस्तरको वार्ता फेरि..
शुक्रबार, माघ २४, २०८२ -
अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रण गर्ने..
बिहिबार, माघ २३, २०८२
-
सुर्खेतमा सबैभन्दा धेरै ४३ मिलिमिटर वर्षा, भोलिदेखि..
बुधबार, माघ १५, २०८२ -
क्यानडालाई विमानमा ५० प्रतिशत कर लगाउने अमेरिकी..
शुक्रबार, माघ १७, २०८२ -
एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा..
शुक्रबार, माघ १७, २०८२ -
नेपाल प्रहरीको रासन स्केल र रकम वृद्धि
बिहिबार, माघ १६, २०८२ -
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा..
मङ्लबार, माघ २१, २०८२



