

-
काठमाडौँ । धितोपत्र बजारमा सुधारको यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.७३ अङ्कले बढेर एक हजार १२४.४७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५२ अङ्कले बढेर २४७.८६ मा अडिएको छ ।
परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज कुल १६९ कम्पनीका नौ लाख ९० हजार २७४ कित्ता शेयर रु ३० करोड ८२ लाख १४ हजार ४६५ मा खरिदबिक्री भयो । कारोबार भएका कुल १२ समूहकै शेयर उकालो लागेको छ । बैङ्किङ २.९६ अङ्कले बढ्दा व्यापार २.५९, होटल ४.१, विकास बैङ्क १०.५५, जलविद्युत् ३.०४, फाइनान्स २, निर्जीवन बीमा १०१.६५, उत्पादन २.४१, अन्य ५.६१, माइक्रोफाइनान्स ३३.०४, जीवन बीमा १४२.९१ र सामूहिक लगानी कोषको शेयर ०.०९ अङ्कले बढेको छ ।
कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा बढी खरिदबिक्री भयो । सो बैङ्कको शेयर रु दुई करोड ८२ लाख ४२ हजार ९१६ मा खरिदबिक्री भयो । यस्तै एनआइसी एसियाको रु एक करोड ९३ लाख ६० हजार ७४६, एनएमबी बैङ्कको रु एक करोड ७२ लाख ५० हजार ४०१, हिमालयन डिस्टलरीको रु एक करोड ६६ लाख ९८ हजार ७२३, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्कको रु एक करोढ ५४ लाख ३९ हजार ३६१ र एभरेष्ट इन्स्योरेन्सको शेयर रु एक करोड १७ लाख ४१ हजार ५५२ मा खरिदबिक्री भयो ।
परिसूचक बढेपनि वरुण हाइड्रोपावरका लगानीकर्ताले ७.९७ प्रतिशतले गुमाए । यस्तै घोडीघोडा लघुवित्त वित्तीय संस्था ५.०१, सिन्धु विकास बैङक ४.६१, कालिका पावर कम्पनी ३.७०, नविल इक्विटी फण्ड २.९०, रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी २.७० र स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.३७ प्रतिशतले गुमाए ।
प्रभु इन्स्योरेन्स कम्पनीका शेयरधनीले ८.५० प्रतिशतले कमाए । यस्तै गुराँस लघुवित्त वित्तीय संस्था ७.८५, लुम्बिनी जनरल इस्योरेन्स कम्पनी ७.७२, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र स्वरोजगार लघुवित्त विकास बैङ्क ७.७१, सिभिल लघुवित्त वित्तीय संस्था ७.६९ तथा दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ७.५५ प्रतिशतले कमाए । रासस
News Desk 0 response बुधबार, मंसिर १८, २०७६


सम्बन्धित शीर्षकहरु
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा..
शनिबार, मंसिर १६, २०८०