

-
काठमाडौँ । धितोपत्र बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार सामान्य गिरावट भएको शेयर कारोबार मापक नेप्से परिसूचक ३.७५ अङ्कले वृद्धि भई एक हजार ११५.७४ पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले बढेर २४६.३४ पुगेको छ । परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । स्टकका अनुसार आज कुल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता शेयर रु २६ करोड ६८ लाख एक हजार ५५८ मा खरिदबिक्री भयो ।
कारोबार भएका १२ उपसमूहमध्ये चार उपसमूहको शेयर घटेको छ । बैङ्किङ २.२९, होटल ६.९४, हाइड्रोपावर ६.०५, निर्जीवन बीमा १९.६४, उत्पादन २२.८९, माइक्रो फाइनान्स १४.६४, जीवन बीमा ६३.७९ र सामूहिक लगानी कोषको शेयर ०.०८ प्रतिशतले बढेको छ । यस्तै व्यापार १७.९५, विकास बैङ्क ०.३१, फाइनान्स १.२६ र अन्य उपसमूहको शेयर २.७५ ले घटेको छ ।
स्टकका अनुसार कारोबार रकमका आधारमा सिद्धार्थ बैङ्कको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो बैङ्कको शेयर रु दुई करोड ६० लाख ९५ हजार ५५० मा खरिदबिक्री भयो । यस्तै एनएमबी बैङ्कको रु एक करोड ९० लाख ६९ हजार ७२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ३९ लाख ७२ हजार ९२६, एनआइसी एसिया बैङ्कको रु एक करोड २७ लाख २० हजार ७९१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्कको शेयर रु एक करोड १२ लाख सात हजार ८२६ मा खरिद बिक्री भयो ।
परिसूचक बढेपनि साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी ५.४१ प्रतिशतले गुमाए । यस्तै गुराँस लघुवित्त वित्तीयस संस्था २.४६, वेष्ट फाइनान्स कम्पनी २.२९, मुक्तिनाथ विकास बैङ्क २.२४, प्रोग्रेसिभ फाइनान्स २.०४ तथा सिटी एक्सप्रेस फाइनान्स र ग्रीन डेभलपमेन्ट बैङ्कका शेयरधनीले २÷२ प्रतिशतले गुमाए ।
घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशतले कमाए । यस्तै दिव्यश्वरी हाइड्रोपावर ८.१४, हिमालयन डिस्टिलरी ५.७०, मिथिला लघुवित्त वित्तीय संस्था ५.६६, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्क ५.२५, सिनर्जी पावर डेभलपमेन्ट ४.४१ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ४.३३ प्रतिशतले गुमाए । रासस
News Desk 0 response मङ्लबार, मंसिर १७, २०७६

सम्बन्धित शीर्षकहरु
अमेरिकी राष्ट्रपति ट्रम्पले छ वर्षपछि सी जिनपिङसंग भेट गर्दै, व्यापार युद्ध वारपार हुने अपेक्षा
आइतवार, कार्तिक १०, २०८२-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भारतसँगको पारवहन सन्धि प्रोटोकल संशोधन
शनिबार, कार्तिक ३०, २०८२ -
गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त..
शनिबार, कार्तिक ३०, २०८२ -
नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
शनिबार, कार्तिक ३०, २०८२ -
मतदाता नामावली संकलनको म्याद पाँच दिन थपियो
शुक्रबार, कार्तिक २९, २०८२ -
धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
शुक्रबार, कार्तिक २९, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



