

-
काठमाडौँ । आइतबार झिनो अङ्कले मात्रै वृद्धि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.८६ विन्दुले घटेर एक हजार १११.९९ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४४ विन्दुले घटेर २४५.७१ मा पुगेको छ । नेप्से झिनो अङ्कले घटे पनि कारोवार रकम भने आइतबारको तुलनामा बढेको छ ।
आइतबार कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भएको थियो । आज कूल १६४ कम्पनीको आठ लाख २६ हजार ३६८ कित्ता शेयर रु २३ करोड २२ लाख ५९ हजार ३३१ मा खरीद बिक्री भए ।
नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयर उकालो लागेको छ । बैंकिङ १.१३, व्यापार १३.९९ र जलविद्युत् २.१८ विन्दुले बढेको छ । यस्तै होटल ८.८, विकास बैंक ३.८३, वित्त ०.६, निर्जीवन बीमा ३.७, उत्पादन ४.१, अन्य २.०४, लघुवित्त १.०४, जीवन बीमा ६४.०१ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।
कारोवारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु एक करोड ९३ लाख ९६ हजार ४५२ बराबरको शेयर कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ३५ लाख ६९ हजार ९१९, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक रु एक करोड ११ लाख ६५ हजार ४०४, एनआइसिएशिया रु एक करोड सात लाख ८३ हजार ८६५, साल्टटे«डिङ कर्पोरेशन रु ८८ लाख ८७ हजार २१३ र सेञ्चुरी बैंक रु ८१ लाख ६५ हजार ७६० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.९६ प्रतिशतले कमाउँदा माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ७.८३, साल्ट टे«डिङ कर्पोरेशन ४.४१, पाँचथर पावर कम्पनी ४, नेपाल हाइड्रो डेभलपर्स ३.७७ र स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.४५ प्रतिशतले कमाए ।
त्यस्तै अरुण काबेली पावर ६.५५, साइन रेसुङ्गामा डेभलपमेन्ट बैंक ५.८०, आँखु खोला जलविद्युत् कम्पनी ५.१७, आइएमई जनरल इन्स्योरेन्स ५.०५, सिनर्जी पावर ४.८१, लाइफ इन्स्योरेन्स कम्पनी ३.७९ र जोशी हाइड्रोपावरका शेयरधनीले ३.७० प्रतिशतले गुमाए । रासस
News Desk 0 response सोमवार, मंसिर १६, २०७६


सम्बन्धित शीर्षकहरु
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
ट्रम्पद्वारा दक्षिण कोरिया र जापानमाथि २५ प्रतिशत..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२
-
चीनतर्फ भारी बर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने..
मङ्लबार, असार २४, २०८२ -
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
मङ्लबार, असार २४, २०८२ -
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै,..
मङ्लबार, असार २४, २०८२ -
अमेरिकी लगानीकर्तालाई इरान प्रवेश खुला गर्ने खामेनीको..
मङ्लबार, असार २४, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सार्वभौम संसदमा सांसद कै अपमान,लाजै नमानी अर्कालाई..
मङ्लबार, असार १७, २०८२ -
भगिनी संबन्ध रहेका शहरहरुको समन्वय तथा अनुभव..
आइतवार, असार १५, २०८२ -
नेतालाई ‘काका’ भनेपछि थाइल्याण्डमा प्रधानमन्त्री निलम्बित
मङ्लबार, असार १७, २०८२ -
दाङ, बाँके र गुल्मीमा भारी वर्षा, सतर्कता..
सोमवार, असार १६, २०८२