

-
काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत तेक्वान्दोमा नेपालकी सिना लिम्बू मादेनले स्वर्ण पदक जित्नुभएको छ । सत्रदेखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा सिनाले स्वर्णपदक जित्नुभएको हो । उहाँले ८.१५० अङ्क जोड्दै स्वर्ण पदक जित्नुभयो । भारतकी रुपा बयोरले ८.१३० अङ्क जोड्दै रजत तथा श्रीलङ्काकी मेन्डिस नामुन्नीले ७.९६० अङ्क जोड्दै कास्य पदकमा चित्त बुझाउनुभयो ।
टिम कातामा नेपाललाई स्वर्णत्यसैगरी आजै भएको कराँतेतर्फको खेलमा नेपालले अर्को स्वर्ण पदक हात पारेको छ । नेपाली पुरुष काता टोलीले सागको कराँतेअन्तर्गत टिम कातामा स्वर्ण पदक हात पारेको हो । सातदोबाटोस्थित कराँते हालमा भएको एकल कातामा स्वर्ण जितिसक्नुभएका मण्डेकाजी श्रेष्ठसहित प्रवीण मानन्धर र महसुस तामाङको टोलीले ‘स्कोर’ गर्दै स्वर्ण जित्नुभएको हो ।
नेपालले फाइनल खेलमा श्रीलङ्कालाई पराजित गरेको हो । नेपाली टोलीले फाइनलमा २५.५४ अङ्क प्राप्त गर्यो । यता श्रीलङ्काले २५.२८ अङ्क प्राप्त गर्यो ।
त्यसअघि बङ्गलादेशलाई हराउँदै नेपाल अन्तिम दुईमा पुगेको थियो । नेपाली टोलीले २५.१४ स्कोर गर्दा बङ्गलादेशले २४.८८ स्कोर गरेको थियो । श्रीलङ्काले पाकिस्तानलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो । सागमा नेपालको यो छैटौँ स्वर्ण पदक हो । रासस
News Desk 0 response सोमवार, मंसिर १६, २०७६


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द..
शुक्रबार, असार २०, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२