

-
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले नीतिगत सुधारका कारण मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढिरहेको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै गभर्नर नेपालले राष्ट्र बैंकले निकै मेहनतपश्चात लगानीमैत्री नीतिगत सुधार गरेकाले पछिल्ला वर्षमा अर्थतन्त्रका सकारात्मक सूचक देखा पर्न थालेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “मुलुकको अर्थतन्त्रलाई सबलीकरण गर्न राष्ट्र बैंकले राम्ररी अध्ययन र मेहनत गरेर विभिन्न नीतिहरु ल्याएको छ, त्यसैको परिणामस्वरुप तीन वर्षयता नेपालको अर्थतन्त्रमा सकारात्मक सुधार आइरहेको छ । यसको प्रभाव अझै बढ्ने देखिन्छ ।”
गभर्नर नेपालले व्यापार, वाणिज्य तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गर्दैै त्यसको सहजीकरणका लागि राष्ट्र बैंकले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “हामीले निक्षेपकर्ताको अधिकारलाई पनि सम्मान गर्नुपर्छ । उद्योगीहरुले ऋणको ब्याज बढी भयो भनिरहँदा यसको उचित तवरले सम्बोधन गरिन्छ, तर सुविधाभोगी क्षेत्रमा ब्याजदर घटाउने होइन, बरु निर्यातजन्य उत्पादनमूलक र निर्यातजन्य उद्योगका लागि सहुलियत दिन राष्ट्र बैंक तयार छ”, उहाँले भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढिरहेको, शोधान्तर घाटामा सुधार भएको र व्यापार घाटासमेत न्यूनीकरण हुने दिशामा केन्द्रित रहेकाले आर्थिक क्षेत्र थप सबल बन्दै गएको बताउनुभयो । उहाँले निजी क्षेत्र आर्थिक समृद्धि र विकासको दिशामा केन्द्रित रहेको उल्लेख गर्दै थप केही नीतिगत सुधार जरुरी रहेको बताउनुभयो ।नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतीश मोरले निजी क्षेत्रको साथ र सहयोगमा मात्रै आर्थिक विकास हुने तथ्यलाई आत्मसात् गर्न सरकार तथा सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।
साना तथा घरेलु उद्योग महासङ्घका अध्यक्ष श्याम गिरी र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष नरेश ताम्राकारले निर्यातमूलक उद्योगमा जोड दिनसके व्यापार घाटा घट्ने र त्यसतर्फ आफूहरु पनि लागिपरेको बताउनुभयो ।
सो अवसरमा ‘सेजन अवार्ड’बाट कान्तिपुर दैनिकका मात्रिका दाहाललाई पुरस्कृत गरिो भने सेजनले प्रकाशित गरेको ‘अर्थनीति’ स्मारिकाको समेत विमोचन गरिएको थियो । रासस
News Desk 0 response आइतवार, मंसिर १५, २०७६


सम्बन्धित शीर्षकहरु

शेयर बजारमा इन्साइडर ट्रेडिङ गरेको आरोपमा गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर
बिहिबार, चैत्र ९, २०७९-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
एपीएफ क्लब ललितपुर मेयर्स कप महिला टी–२०..
शनिबार, चैत्र ११, २०७९ -
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९