• काठमाडौं । विगत केही समयदेखि नेपाली बजारमा प्याजको मूल्य वृद्धि भई नै रहेको छ । नेपालमा पर्याप्त उत्पादन नहुँदा प्याजमा भारतकै भर पर्नु परेको छ त्यसो त भारतमा पनि प्रशस्त उत्पादन नहुँदा नेपाल लगायत अन्य मुलुकमा प्याज निर्यात गर्न प्रतिबन्द लगाएपछि नेपालमा प्याजको भाउ दैनिक जसो बृद्धि भइरहेको हो । चीनबाट पनि केही परिमाणमा प्याज भित्रिने भएपनि पर्याप्त रुपमा भित्रिन सकेको छैन । जसले गर्दा नेपालीको भान्सामा प्रयोग हुने प्याजको भाउ अझै बढ्ने संकेत देखिएको छ । हाल नेपाली बजारमा म्याजको मूल्य २०० रुपैयाँ माथी रहेको छ ।