

-
काठमाडौँ । सोमबार तटस्थ रहेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.९१ विन्दुले घटेर एक हजार १०९.१६ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने आज ०.११ ले बढेर २४५.४९ विन्दुमा कायम भएको छ । नेप्से आरोलो लागे पनि कारोवार रकम भने सामान्य रहेको छ । कूल १६५ कम्पनीको ११ लाख ३४ हजार १५ कित्ता शेयर रु २९ करोड ५८ लाख ६९ हजार १८० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०.८३, व्यापार १९.०२ र जलविद्युत् ०.८५ विन्दुले बढेका छन् । यस्तै होटल १०.३९, विकास बैंक ०.४८, वित्त २.१२, निर्जीवन बीमा १३.३२, उत्पादन १६.२९, अन्य ३.९४, लघुवित्त १.९९, जीवन बीमा ८.४६ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ । नेप्सेका अनुसार आज कारोवारका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको संस्थापक शेयर रु पाँच करोड ८१ लाख ९७ हजार ५१ मा कारोवार भयो । यस्तै सिटिजन बैंकको संस्थापक शेयर रु तीन करोड ८२ लाख ४३ हजार ३१६ मा बराबरको कारोवार भयो । नेपाल बैंक लिमिटेड रु एक करोड ८२ लाख ७९३, एनएमबी बैंक रु एक करोड ३३ लाख आठ हजार ६१, एनआईसी एशिया बैंक रु एक करोड ७३ हजार ५४३ र प्रभु बैंकको रु ७५ लाख ५७ हजार ४४७ कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार आज साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले ६ प्रतिशतले कमाए । यस्तै नेशनल हाइड्रो पावर ४, एनआईसी एशिया फण्ड २.४८, सानिमा माई हाइड्रोपावर २.२७, एक्सेल डेभलपमेन्ट बैंक २.२० र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.१३ विन्दुले कमाए । त्यस्तै युनियन हाइड्रोपार ५.६६, सेन्ट्रल फाइनान्स ३.५७, लक्ष्मी इक्विटी फण्ड ३.४९, जोशी हाइड्रोपावर ३.४४ र सिन्धु विकास बैंकका शेयरधनीले ३.२७ प्रतिशतले गुमाए । रासस
News Desk 0 response मङ्लबार, मंसिर १०, २०७६

सम्बन्धित शीर्षकहरु
अमेरिकी राष्ट्रपति ट्रम्पले छ वर्षपछि सी जिनपिङसंग भेट गर्दै, व्यापार युद्ध वारपार हुने अपेक्षा
आइतवार, कार्तिक १०, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



