उपभोक्तावादी र कर्मचारी मिल्यो अनुगमनमा निस्कियो
बदमासी पनि कस्तो भने उपभोक्तावादी र कर्मचारी मिल्यो । बजार अनुगमनमा निस्कियो । व्यापारीलाई त्राहिमाम पा¥यो । तोलाका तोला सुन बटुल्यो । र, गायब बनाइदियो । यो बदमासीमा दुई हप्ताबीच तीन पटक सरुवामा परेका सहसचिव कुमार दाहालदेखि उपसचिवद्वय हरिनारायण बेल्बासे र लक्ष्मण श्रेष्ठसम्म मुछिएका छन् । यही प्रकरणमा प्रेमलाल महर्जनदेखि माधव तिमिल्सिनासम्मका उपभोक्तावादीमाथि समेत अनुसन्धानको सुई सोझिँदै छ ।
-
काठमाडौं ।

News Desk 0 response बुधबार, कार्तिक ६, २०७६
यस्तो बदमासीको पर्दाफास भयो अस्ति बबरमहलमा । दसैं सकिएलगत्तै २८ असोजमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले सुनमा उपभोक्ता ठगिएकोबारे छलफलका लागि सुनचाँदी व्यवसायी, सञ्चारकर्मी र उपभोक्तावादीलाई डाकेका थिए । तर त्यहाँ व्यवसायी माणिकरत्न शाक्यले गम्भीर विषय उठान गरिदिए । उनको आरोप थियो, विभागका कर्मचारी र उपभोक्तावादी मिलेर बजार अनुगमनका नाममा उठाएको एक किलोभन्दा बढी सुन गायब बनाइएको ।
विभागका कर्मचारीसँगै मिसिएर एक÷दुई पटक सुन अनुगमनमा निस्किएका उभोक्तावादी प्रेमलाल महर्जन पड्किहाले, ‘व्यवसायीले आफ्नो कमजोरी ढाक्न सुन फिर्ता मागेनन्, कर्मचारीले सुन फिर्ता गरेनन् ।’ ०६९ सालदेखि ७३ सम्म सुनचाँदी बजार अनुगमन गर्ने क्रममा सयौं पसलबाट एक तोलादेखि दुई तोलासम्म परीक्षणका लागि भन्दै कर्मचारी र उपभोक्तावादीले संकलन गरेका रहेछन् । काठमाडौं, पोखरा, बनेपा, धरानबाट सुन बटुलिएको शाक्यको कथन छ । र, यस्तो धन्दा भएको हो महानिर्देशक गोकुलप्रसाद धिताल, कुमारप्रसाद दाहाल हुँदा । कुमारले एउटा महिला उपभोक्तावादी संस्थालाई एक मुस्कानको भरमा ४ लाख रकम निकासा गरिदिएका थिए । पछि विराटनगर नगरपालिका हुँदै यातायात व्यवस्था विभागमा तानिए । र, एक हप्ताबीच तीन पटक सरुवामा परे । अहिले सूचना आयोगतिर फालिएका छन् । अर्का उपसचिव हरिनारायण बेल्वासे बाराको कलैया नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सम्हाल्दै छन् । सोही विभागबाट सरुवा हुँदा गाडी फिर्ता नगरी हिँड्ने लक्ष्मण श्रेष्ठ कृषि विभागको प्रशासन हेर्दै छन् । बदमासी बाहिरिएपछि आगामी महिना घर जान लागेका योगेन्द्र गौचनले विभागका शाखा अधिकृत दीपकराज पोखरेल, नीरज खत्री र नापतौल तथा गुणस्तर विभागका प्रतिनिधि रहनेगरी ४ सदस्यीय समिति गठन गरेका हुन् ।

सम्बन्धित शीर्षकहरु
-
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३

कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३