

-
काबुल । अफगान निर्वाचन आयोगले गत महिना भएको अफगान राष्ट्रपतिको निर्वाचनको नतिजा शनिबार घोषणा गर्न नसक्ने बताएको छ । आयोगका सचिव हबिब–उर रहमानले सबै मतदाताको बायोमेट्रिक परीक्षण र प्रशोधन गर्न ढिलाई भएका कारण तोकिएको मितिमा चुनावी नतिजा घोषणा गर्न नसएिको जानकारी दिनुभयो । अफगानिस्तानमा गत सेप्टेम्बर २८ मा राष्ट्रपतिका लागि चुनाव भएको थियो । चुनावमा करिब ९५ लाख मतदाताले नामदर्ता गरेका थिए । चुनावमा सम्भावित धाँधली रोक्न पहिलो पटक बायोमेट्रिक प्रणाली प्रयोग गरिएको थियो । तर त्यस्तो मेसिनमा संग्रहित तथ्याँकबाट परिणाम निकाल्न पर्याप्त जनशक्ति नभएका कारण समस्या आएको निर्वाचन आयोगले जनाएको छ । आयोगले चुनावको नतिजा सार्वजनिक गर्ने अर्को मिति अझै तय गरेको छैन । तर प्रारम्भिक नतिजा १० दिनभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको आयोगको भनाई छ । निर्वाचन आयुक्त मौलाना मोहमद अब्दुल्लाहले पत्रकारहरुसँग कुरा गर्दै केही समस्या रहेपनि चुनावी परिणाम घोषणा गर्न तिब्र रुपमा काम भइरहेको बताउनुभयो । चुनावी नतिजालाई पारदर्शी बनाउने सन्दर्भमा मतपरिणाम सार्वजनिक गर्न केही ढिलाई हुनेमा काबुलस्थित अमेरिकी दूतावास, राष्ट्रसंघ र युरोपेली युनियनले जोड दिइरहेका छन् । सन् २०१४ मा राष्ट्रपतिको चुनावी मतपरिणामको पारदर्शितालाई लिएर विवाद उत्पन्न भएको थियो । रासस
News Desk 0 response शुक्रबार, कार्तिक १, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



