

-
काबुल । अफगान निर्वाचन आयोगले गत महिना भएको अफगान राष्ट्रपतिको निर्वाचनको नतिजा शनिबार घोषणा गर्न नसक्ने बताएको छ । आयोगका सचिव हबिब–उर रहमानले सबै मतदाताको बायोमेट्रिक परीक्षण र प्रशोधन गर्न ढिलाई भएका कारण तोकिएको मितिमा चुनावी नतिजा घोषणा गर्न नसएिको जानकारी दिनुभयो । अफगानिस्तानमा गत सेप्टेम्बर २८ मा राष्ट्रपतिका लागि चुनाव भएको थियो । चुनावमा करिब ९५ लाख मतदाताले नामदर्ता गरेका थिए । चुनावमा सम्भावित धाँधली रोक्न पहिलो पटक बायोमेट्रिक प्रणाली प्रयोग गरिएको थियो । तर त्यस्तो मेसिनमा संग्रहित तथ्याँकबाट परिणाम निकाल्न पर्याप्त जनशक्ति नभएका कारण समस्या आएको निर्वाचन आयोगले जनाएको छ । आयोगले चुनावको नतिजा सार्वजनिक गर्ने अर्को मिति अझै तय गरेको छैन । तर प्रारम्भिक नतिजा १० दिनभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको आयोगको भनाई छ । निर्वाचन आयुक्त मौलाना मोहमद अब्दुल्लाहले पत्रकारहरुसँग कुरा गर्दै केही समस्या रहेपनि चुनावी परिणाम घोषणा गर्न तिब्र रुपमा काम भइरहेको बताउनुभयो । चुनावी नतिजालाई पारदर्शी बनाउने सन्दर्भमा मतपरिणाम सार्वजनिक गर्न केही ढिलाई हुनेमा काबुलस्थित अमेरिकी दूतावास, राष्ट्रसंघ र युरोपेली युनियनले जोड दिइरहेका छन् । सन् २०१४ मा राष्ट्रपतिको चुनावी मतपरिणामको पारदर्शितालाई लिएर विवाद उत्पन्न भएको थियो । रासस
News Desk 0 response शुक्रबार, कार्तिक १, २०७६

सम्बन्धित शीर्षकहरु
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


