

-
टाेकियाे । जापान सरकारले हागिबिस नाम दिइएको आँधीबाट पुगेको जनधनको क्षतिका लागि दशौं लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ । जापानको इतिहासमा निकै शक्तिशाली मानिएको यस आँधीबाट देशभर कम्तीमा ७४ जनाको मृत्यु भएको थियो । हागिबिस आँधी गत शनिबार शुरु भएर देशैभर फैलिएको थियो । तिब्र बेग र वर्षाका कारण जनजीवन तहसनहस भएको थियो । देशका विभिन्न भागमा बाढी, पहिरो आएको थियो । बुधबार मध्यसम्ममा आँधीका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ । अझै पनि दर्जनौं मानिस बेपत्ता रहेको खोज तथा उद्धार निकायहरुले जनाएका छन् । प्रधानमन्त्री शिन्जो आबेले आँधी प्रभावित क्षेत्रका लागि आपतकालीन कोषबाट खर्च गर्नेगरी तत्काल ६५ लाख अमेरिकी डलर विनियोजन गरिएको जानकारी दिनुभयो । सरकारले आँधी प्रभावित ३०० भन्दा बढी नगरपालिकालाई अनुदानको रुपमा उक्त रकम वितरण गर्न लागेको हो । प्रधानमन्त्री आबेले जनजीवन जतिसक्दो चाँडो सामान्य बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभउको छ । बुधबार बिहानसम्म १० हजारभन्दा बढी घरपरिवारमा विद्युत सेवा उपलब्ध हुन सकेको छैन भने एक लाख १० हजारभन्दा बढी घरमा खानेपानीको अभाव छ । सरकारका प्रवक्ता योशिहिदे सुगाले आँधी प्रभावित इलाकामा खोज तथा उद्धारका कार्यहरुलाई युद्धस्तरमा सञ्चालन गरिरहेको जानकारी दिनुभयो । निकै भारी वर्षा भएका कारण नदीहरुमा पानीको सतह बढेको र देखिएको जमिनमा पनि हिलो जमेको छ, उहाँले बताउनुभयो । प्रवक्ता योशिहिदेले स्थानीयबासीलाई पहिरो आउन सक्ने खतराका बारेमा सचेत रहन सूचना गरिएको बताउनुभयो । आँधीबाट खासगरी देशको उत्तरपूर्वी भेग नराम्रोसँग प्रभावित भएको छ । फुकुसिमा क्षेत्रमा मात्र २६ जनाको ज्यान गएको थियो । रासस
News Desk 0 response बुधबार, अशोज २९, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२