

भताभुङ्ग निगममा लथालिङ्ग कर्मचारी
महालेखा परिक्षक कार्यालयको प्रतिवेदन २०७४/०७५ अनुसार छ वटा विमान सञ्चालन खर्चमा मात्र ९१ करोड रुपैयाँ घाटा भएको छ । त्यसोत २०७५ साउनदेखि २०७५ फागुनसम्ममात्र ३३ करोड ४३ लाख रुपैयाँ भन्दा धेरै घाटा देखिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । यो घाटामा पनि जनशक्ति ब्यवस्थापनको अभावका कारण समस्या आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसोत कार्यदलका एक सदस्यका अनुसार निगममा रहेका २५ सवारी साधनका लागि १ सय २५ चालक करारमा राखिएको छ ।
-
काठमाडौं ।
कुनै पनि संस्थाको विकासका लागि उचित मानवशक्तिको आवश्यकता हुन्छ । सोही अनुरुपको शक्ति परिचालन गरेमात्र उपलब्धि हासिल हुन्छ । तर, सबैभन्दा धेरै आर्थिक घाटामा गएको नेपाल बायु सेवा निगममा चाहिने ठाँउमा कम र नचाहिने ठाउँमा धेरै कर्मचारी देखिन्छ । पर्यटन मन्त्रालयले गठन गरेको कार्यदलले यो अवस्था देखाएको हो ।
निगमसँग अहिले १ हजार ४ सय ९२ र करारका ४ सय ४३ कर्मचारी छन् । तर, ती कर्मचारीबाट के उपलब्धि लिने भन्ने एउटा कार्ययोजना पनि बनेको छैन । अर्थात् कर्मचारी छन् काम छैन भन्दा हुन्छ । कर्मचारीको तलवकै कारण निगम करौडौं घाटामा गएको भने होईन । तर, सामान्य जनशक्तिको सदुपयोग गर्ने योजनासमेत नभएको निगमले ठूलो ब्यवस्थापन लाथालिङ्ग पार्नु नौलो कुरा होईन ।जनशक्ति अथवा कर्मचारीबाट लिने उत्पादनको बिषयमानै बेखवर निगमले नचाहिने ठाउँमा धेरै र चाहिने ठाउँमा कम जनशक्ति प्रयोग गरिरहेको छ । निगमको ईतिहास हेर्दा कार्यकारी अध्यक्ष र महाप्रवन्धक नियुक्तको बिषय सधै बिवादित छ । कार्यकारी अध्यक्ष भएको बेला केही सहज भएको देखिन्छ । तर, पनि नतिजा आउने काम भएको छैन । निगमकोे अध्यक्ष र सदस्य नियुक्तिको लागि अबलम्वन गरेको कार्याबिधिनै स्पष्ट छैन ।
निगमको सुधार गर्नका लागि सञ्चालक समितिदेखि संरचना र प्रमुखको नियुक्ति गर्ने सम्वन्धमा स्पष्ट मापदण्ड र कार्यबिधि आवश्यक रहेको पर्यटन मन्त्रालयले गठन गरेको पूर्वसचिव नेतृत्वको कार्यदलले पनि सुझाव दिएको छ ।
पाँच तहको ब्यवस्थापन भएपनि राजनीतिक हस्तक्षेपका कारण धेरै समस्या देखिएको छ । उपनिर्देशक मातहत बिभिन्न शाखा छन् । यहाँ बाह्र तहको कार्यकारी प्रमुखसहित बिभिन्न १२ ग्रेडका स्थायी र करार कर्मचारी छन् । एघारौ तहमाबाहेक सवैमा करार कर्मचारी राखेको पाईन्छ । तीन तहमा सवैभन्दा धेरै १ सय ८७ कर्मचारी करारमा देखिन्छ ।
निगममा जम्मा ४ सय ८२ जना कर्मचारी करारमा मात्र छन् । १ हजार ४ सय ९२ कर्मचारी बाहेक ४ सय ४३ कर्मचारीसँग सेवा करारमार्फत सेवा लिईएको छ । साथै ‘आउट स्टेशन’हरुको कार्य सञ्चालनका लागि सामान्यतया अन्यन्त्र सरुवा नहुने भन्दै स्थानीय कर्मचारीको पनि ब्यवस्था गरेको देखिएको छ ।
नेपाल वायु सेवा निगममा काम कर्तब्य र संगठनको संरचना अनुसार आवश्यक भन्दा धेरै बिभाग भएको कार्यदलकोे सुझाव छ । पूर्वपर्यटन सचिव सुशील घिमिरे नेतृत्वको कार्यदललेनै कतिपय बिभागमा काम दोहोरिएको देखाएको छ ।
कतिपय बिभागलाई कार्यबोझ पुगेको छैन । कतिपय बिभागमा प्रमुख रहने तर, कार्यसम्पादनका लागि अन्य कुनै साधन स्रोत उपलब्ध नगराउने काम भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । अस्पष्ट जिम्मेवारी, दायित्व वोध नहुने, बिभागबीच समन्वय अभाव, जिम्मेवारीबाट पन्छिने सवैभन्दा ठूलो समस्या रहेको कार्यदलका सदस्य प्रकाश पौडेलले बताए ।आपसी द्वन्द्वका कारण काम नभए पनि बिभाग र कर्मचारी रहिरहेको देखिएको सदस्य पौडेलको तर्क छ । ती कर्मचारी र बिभागले निगमलाइ आर्थिक बोझ मात्र भएको देखिन्छ । कर्मचारी दरवन्दी र संरचनाबीच पनि तादम्यता छैन । स्थायी, करार, ज्यालादारी र सेवा प्रदायकको संख्या हेर्ने हो भने काम भन्दा जनशक्ति धेरै बढी हो । बिभिन्न बिभागका प्रमुखहरुनै एक भएका देखिदैनन् ।
चर्को युनियनकरणका कारण पनि कर्मचारी एकता नभएको स्पष्ट देखिन्छ । स्वयम् कर्मचारीहरुनै कर्मचारीको बोझ धेरै भएको स्वीकार गर्छन् । कर्मचारी ब्यवस्थापन बैज्ञानिक पाराको छैन । त्यसको पहल तुरुन्तै नगर्ने हो भने अझै आर्थिक ब्ययभार बढ्ने निश्चित भएको कार्यदलका प्रमुख घिमिरे बताउँछन् । उपलब्ध मानवीय स्रोतको उच्चतम प्रयोग गर्नुपर्नेमा ती सवै अब्यवस्थित भएको देखिन्छ । करिव दुई दशकदेखि बिभिन्न ब्यवस्थापकीय पदमा पूर्ति भएको छैन । उच्च ब्यवस्थापकीय पद खाली छन् । साना पदमा कर्मचारी आवश्यक भन्दा धेरै छन् । सवैभन्दा धेरै कर्मचारीका लागि तालिम र प्रशिक्षणमा लगानी गरेको छ । तर, उपलब्धि देखिएको छैन ।
तालिमलाई मितव्ययी र उपयोगी बनाउनु पर्ने सुझाव कार्यदलले दिएको छ । मानव संशाधन बिभागमानै अनुभबी नेतृत्व नभएका कारण लथालिङ्ग भएको हो । त्यसकारण पनि ब्यवस्थापन खस्किएकोले ब्यवस्थापन तुरुन्तै सुधार गर्नुपर्ने कार्यदलको ठहर छ ।
त्यसोत ऋण लिएको निकायहरुसँग निगमका कर्मचारीलेसमेत सुमधुर सम्वन्ध राखेको पाईदैन । कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, पर्यटन मन्त्रालय तथा अर्थमन्त्रालयसँग पनि यहाँको ब्यवस्थापनले सम्वन्ध सुधार गरेको देखिदैन ।निगमको मानव स्रोत ब्यवस्थापनकोे आधार नेपाल बायुसेवा निगमका कर्मचारीहरुको सेवा शर्त सम्वन्धी बिनियमावली २०५८ अन्तर्गत भएको छ । परम्परागत कर्मचारी ब्यवस्थापनवाहेक यसले केही गर्न सक्दैन । युग सुहाउँदो तथा आधुनिक कर्मचारी ब्यवस्थापनका लागि यो उचित छैन । दुई दशकसम्म मानव संशाधन ब्यवस्थापनको क्षेत्रमा केही काम भएको छैन । पुस्तान्तरणको नभएको अवस्था छ ।
अनुभवी कर्मचारीको बर्हिगमनसँगै राजनीतिकरणका कारण पदस्थापन नहुने गरेको छ । पुरानो पुस्ता वाहिरिँदा नयाँ पुस्ता तुरुन्तै आउने प्रकृयानै नरहेका कारण समस्या भएको हो । आर्थिक भारको अर्को कारण पाईलट ब्यवस्थापन देखिएको छ । बिदेशी पाईलटलाई नेपाली भन्दा तीन गुणा धेरै तलव दिनु पर्ने अवस्था रहेको छ ।
महालेखा परिक्षक कार्यालयको प्रतिवेदन २०७४÷०७५ अनुसार छ वटा विमान सञ्चालन खर्चमा मात्र ९१ करोड रुपैयाँ घाटा भएको छ । त्यसोत २०७५ साउनदेखि २०७५ पाmगुनसम्ममात्र ३३ करोड ४३ लाख रुपैयाँ भन्दा धेरै घाटा देखिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । यो घाटामा पनि जनशक्ति ब्यवस्थापनको अभावका कारण समस्या आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसोत कार्यदलका एक सदस्यका अनुसार निगममा रहेका २५ सवारी साधनका लागि १ सय २५ चालक करारमा राखिएको छ । यी समस्या समाधानका लागि निगमलाई पब्लिक कम्पनीमा लैजान कार्यदलले सुझाव दिएको छ । नेपाल टेलिकम र नेपाल बिद्युत प्राधिकरणजस्तै नेपाल वायुसेवा निगमलाई पनि कम्पनीमा लैजान सुझाव दिएको हो ।यसो भएमा ब्यवस्थापनमा सुधार भएर नाफामा जाने बिश्लेषण गरिएको छ । पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले यहाँको ब्यवस्थापन सुधार नगरेसम्म निगम नाफामा नजाने बताए । यस्तै अवस्था रहेमा निगम भंग हुने अवस्थामा पुग्ने मन्त्रीको भनाई छ । त्यसको लागि बर्तमान नेतृत्वले जस्तोसुकै कदम पनि उठाउन पछि नपर्ने मन्त्रीले बताए । पुरानो अस्तब्यस्ततालाई अध्ययन गर्दै कार्यदलले दिएको सुझावको आधारमा मन्त्रालयले काम अघि बढाउने योजना वनाएको छ ।
त्यसोत बिवादास्पद कर्मचारीहरुलाई मन्त्रालयले आन्तरिकरुपमा कार्वाहीको प्रकृयासमेत अघि बढाएका कारण सुधार हुनेमा आशा गर्न मन्त्री भट्टराईले अनुरोध गरेका छन् ।
सुझाव कार्यदलले नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन सुझाव दिए लगत्तै केही सञ्चारमाध्यममा,‘नेपाल वायुसेवा निगमलाई नीजिकरण गर्ने षड्यन्त्र सुरु भयो ।’ भन्ने आशय आएकोमा मन्त्रीले असन्तुष्ट ब्यक्त गरेका छन् ।पब्लिक कम्पनी र प्राइभेट कम्पनी एउटै नभएको कारण यसमा स्पष्ट हुन मन्त्रीले अनुरोध गरेका छन् । उनले भनेका छन्,‘सरकारी साझेदारी र स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘नेपाल टेलिकम’ पब्लिक कम्पनी भएको र
News Desk 0 response शनिबार, अशोज २५, २०७६
पब्लिक कम्पनी बनाउने भन्नुको अर्थ ‘नीजिकरण’ हुँदै होइन ।’ सार्वजनिक खपतको निम्ती आलोचना गर्दा कम्तीमा पब्लिक र प्राइभेटबीचको भेदसम्म त खुट्याएर लेख्न मन्त्रालयले अनुरोध गरेको छ ।
(जनप्रशासन पाक्षिक )


सम्बन्धित शीर्षकहरु
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
एपीएफ क्लब ललितपुर मेयर्स कप महिला टी–२०..
शनिबार, चैत्र ११, २०७९ -
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९