

-
सिन्धुपाल्चोक ।
चौतारा साँगाचोकगढी नगरपालिकाले झण्डै सवा एक अर्व रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रमको उद्घाटन गर्दै सांसद अग्निप्रसाद सापकोटाले सफल कार्यान्वयनमा जोड दिए ।
आगामी वर्ष सञ्चालन गरिने नीति तथा कार्यक्रमसहित एक अर्ब २३ करोड ८७ लाख १५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो।
सार्वजनिक बजेटअनुसार नगरले राजस्व बाँडफाँड, सवारी साधन कर÷शुल्क, आन्तरिक स्रोत, संघीय, प्रादेशिक र जिल्ला समन्वय समिति अनुदान गरी सात क्षेत्रबाट आय गर्ने छ। नगरले संघीय सरकारबाट सबैभन्दा बढी ८० लाख ८६ हजार र प्रदेश नं। ३ सरकारबाट तीन करोड ३६ लाख रुपैयाँ अनुदान प्राप्त हुने जनाएको छ।
सवारी साधन कर÷शुल्कबाट सबैभन्दा बढी १७ करोड १२ लाख, राजस्व बाँडफाँडबाट नौ करोड ५७ लाख, आन्तरिक स्रोतबाट तीन करोड २० लाख रुपैयाँ आय हुने अनुमान बजेटमा गरिएको छ। त्यस्तै जिससबाट तीन करोड ६५ लाख रुपैयाँ अनुदान नगरले प्राप्त गर्ने छ। नगरका सबै १४ वटा वडालाई डेढ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको छ। जिल्लाका १२ स्थानीय तहमध्ये यो नगरका वडाले सबैभन्दा धेरै बजेट पाएका हुन्।
शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको नगरले सबैभन्दा बढी १८ करोड रुपैयाँ बजेट यसै क्षेत्रमा छुट्याएको छ। दोस्रो प्राथमिकतामा परेको लागत जनसहभागितामा आधारित १० वटा नगरस्तरीय सडकलाई १२ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै कार्यालय सञ्चालनमा १० करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्राथमिकता क्रमअनुसार नगरले महिला, बालबालिका, दलित, जेष्ठ नागरिक, जनजाती, अपांग, अल्पसंख्यक, वन, विपद् व्यवस्थापन, भूसंरक्षण, वातावरण, नविकरणीय उर्जा, कृषि, पशु सेवा, घरेलु तथा लघु उद्यम, पर्यटन, सम्पदा संरक्षण, खेलकुद, सहकारी, स्वाथ्य, आयुर्वेद, खानेपानी, सिञ्चाइ, विद्युत लगायत क्षेत्रको लागि आवश्यक बजेट व्यवस्था गरेको छ।
फलामे पोलको व्यस्था गरी आउँदो वर्ष काठे पोलमुक्त नगर घोषणा गर्ने लक्ष्य नगरले राखेको छ। नगरका १४ वटै वडालाई सहिद चक्रपथले घेर्ने नीति लिएको नगरपालिकाले त्यसका लागि विस्तृत योजना प्रतिवेदन निर्माण प्रक्रिया थालिसकेको जनाएको छ।नगरपालिकाभित्रका पाँच विद्यालयमा प्राविधिक शिक्षाको पठनपाठन गर्ने नीति लिएको नगरले, योग शिविर सञ्चालन गर्ने, एक वडा एक कवर्ड हल, एक वडा एक खेल मैदान, एक वडा एक हेलिप्याड निर्माण गर्ने, युवाको हातमा सीप तथा रोजगार कार्यक्रम सञ्चालन गर्दै रोजगार बैंक स्थापना गर्ने, एक वडा एक महिला सहकारी बनाउने कार्यक्रम ल्याएको छ।
त्यस्तै नगरले एक गाउँ, एक उत्पादन, एक घर, एक लघु उद्यम जस्ता लोकप्रिय नाराअघि सार्दै उपमेयमर बाख्रापालन कार्यक्रम सञ्चालन गर्ने नीति अघि सारेको छ ।
News Desk 0 response मङ्लबार, असार ३१, २०७६

सम्बन्धित शीर्षकहरु
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३


