

-
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि एक अर्ब ५४ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । पाँचौं नगरसभाको मंगलबार बसेको दोस्रो बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले एक अर्ब ५४ करोड ३९ लाख १० हजार रुपैंयाँको बजेट प्रस्तुत गरेकी हुन् ।आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट चालु आर्थिक वर्षको भन्दा झण्डै १९ करोड बढी छ । आर्थिक वर्ष २०७५÷७६ मा तिलोत्तमाले एक अर्ब ३५ करोडको बजेट ल्याएको थियो । उप–प्रमुख चौधरीले प्रस्तुत गरेकोे बजेटमा चालू खर्चतर्फ ५३ करोड ३९ लाख अर्थात् ३४ दशमलव ५९ प्रतिशत र पूँजीगत खर्चतर्फ एक अर्ब ९९ लाख ४० हजार अर्थात् ६५ दशमलव ४१ प्रतिशत रुपैंयाँ विनियोजन गरिएको छ ।
बजेट प्रस्तुत गर्दै उप–प्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बजेटको मुख्य उद्देश्य “समृद्ध नगर, खुसी नगरबासी” रहेको बताएकि छन् । बजेटमा आम्दानी स्रोतको रुपमा आन्तरिक राजस्वबाट ५० करोड १२ लाख ७० हजार, अन्तर सरकारी वित्तीय निकायबाट एक अर्ब ७६ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत् २ करोड ५० लाख, गत वर्षको मौज्दात १ करोड रहेको छ ।शिक्षातर्फ सबैभन्दा बढी अर्थात् ३१ करोड ६६ लाख २७ हजार विनियोजन गरिएको छ । यसमा शिक्षक, कर्मचारीहरुको तलबका अतिरिक्त सामुदायिक विद्यालयहरुको भवन तथा पूर्वाधार निर्माणमा ६ करोड, दिवा खाजा, यातायात लगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ । यसैगरी स्वास्थ्यतर्फ ५ करोड ३३ लाख ७६ हजार, कृषि, पशुपालन र सिंचाईतर्फ ७ करोड २७ लाख ५७ हजार रकम विनियोजन गरिएको छ । नगर क्षेत्रभित्रका जीर्ण सडकको मर्मतसम्भार तथा स्तरोन्नती, गत वर्ष पुरा हुन नसकेका अधुरा सडक निर्माण, नाली तथा ढल निर्माणलगायत पूर्वाधार विकासका लागि ३६ करोड ८६ लाख ६५ हजार विनियोजन गरिएको छ । तिलोत्तमा उद्योगग्राम, तिलोत्तमा कोशेली घर, सीपमूलक तालिम संचालन समेतका कार्यक्रम कार्यान्वयन गर्न १ करोड १२ लाख रकम विनियोजन गरिएको छ । यसैगरी वन, वातावरण, हरियाली प्रवद्र्धनमा ४ करोेड १५ लाख, खेलकुद र युवा तर्फ १ करोड ९७ लाख ३० हजार रकम विनियोजन गरिएको छ । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ १७ करोड ८७ लाख रकम छुट्टाएको तिलोत्तमा नगरपालिकाले खानेपानी तथा सरसफाईमा ६८ लाख, फोहोरमैला व्यवस्थापनमा ५० लाख रकम विनियोजन गरेको छ । नगरस्तरीय योजना बाहेक जनसंख्या, क्षेत्रफल, खर्चको आवश्यकता, राजस्व परिचालन क्षमता समेतलाई दृष्टिगत गरी प्रत्येक वडालाई बजेट विनियोजन गरिएको छ । बजेटमा नगर सरकारको क्षेत्राधिकार भित्रका कर तथा गैरकर र राजश्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । निर्धारित समयमै विकास आयोजनाको नतिजामूलक कार्यान्वयन गर्नको लागि तिलोत्तमाको निर्माणाधिन भ्यूटावर, प्रशासनिक भवन, सभाहल सहितको अतिथि गृह, वडा कार्यालयका प्रशासनिक भवन जस्ता क्रमागत योजनाहरुलाई यथासक्य छिटो सम्पन्न गर्ने गरी प्राथमिकताका साथ बजेटको व्यवस्था गरिएको उप–प्रमुख चौधरीले बताएकि छन् । अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, पुँजीगत बजेटको अंश बढाउने र चालु खर्चमा मितव्ययिता ल्याउने गरी बजेट प्रस्ताव गरिएको छ ।यसैगरी मध्यमकालिन खर्च संचरनाको निर्माण गरी योजनाको प्राथमिकरण सहित स्रोतको सुनिश्चितता गरि बजेटलाई बढी बस्तुपरक र कार्यान्वययोग्य बनाइएको उप प्रमुख चौधरिले बताएकि छन् । यसअघि नगर प्रमुख बासुदेव घिमिरेले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा आधारित रहेर बजेट निर्माण गरिएको हो ।ऋषि भट्टराई,
News Desk 0 response आइतवार, असार १५, २०७६

सम्बन्धित शीर्षकहरु
स्वतन्त्र कर्मचारी अभियानकोतर्फबाट प्रशासन सुधारका लागि नयाँ सरकारलाई खुल्ला सुझाव
सोमवार, चैत्र २, २०८२-
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२ -
आयल निगमको असक्षमताले खाना पकाउने ग्यासको अभाव..
सोमवार, चैत्र २, २०८२ -
भारतको एक अस्पतालमा आगलागी : १० जना..
सोमवार, चैत्र २, २०८२ -
स्वतन्त्र कर्मचारी अभियानकोतर्फबाट प्रशासन सुधारका लागि नयाँ..
सोमवार, चैत्र २, २०८२ -
इरान विरुद्धको युद्धमा अमेरिकाले दुई हप्तामै खर्चियो..
सोमवार, चैत्र २, २०८२
-
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२ -
आयल निगमको असक्षमताले खाना पकाउने ग्यासको अभाव..
सोमवार, चैत्र २, २०८२ -
भारतको एक अस्पतालमा आगलागी : १० जना..
सोमवार, चैत्र २, २०८२ -
स्वतन्त्र कर्मचारी अभियानकोतर्फबाट प्रशासन सुधारका लागि नयाँ..
सोमवार, चैत्र २, २०८२ -
इरान विरुद्धको युद्धमा अमेरिकाले दुई हप्तामै खर्चियो..
सोमवार, चैत्र २, २०८२
-
खाडी क्षेत्रको तेल उत्पादन बन्द हुने कतारको..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२ -
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२



