

नेता,कर्मचारी,न्यायमूर्ति,व्यापारी भ्रष्टाचारप्रति आकर्षित
अहिले मुलुकले भोगिरहेको सबैभन्दा मुख्य समस्यालाई वर्गीकरण वा प्राथमिकीकरण गरेर हेर्दा भ्रष्टाचार एक नम्बरमा पर्छ भन्नेमा शायदै दुई मत होला। विकास निर्माण त गरौँला तर विकास निर्माण गर्ने ढुकुटी नै धमिराले भित्रभित्रै सिध्याएझैँ डाडु पन्युँवालाले सिध्याउँदै जान थालेपछि विकास गर्नेचाहिँ कसरी रु त्यसैले सबैभन्दा पहिले हाम्रो ढुकुटीको प्वाल टाल्नुपर्छ र त्यो भनेको भ्रष्टाचार रोक्न सक्नु नै हो।
-
मिडियामा आइरहेका सिक्टा सिँचाइ आयोजना, नेपाल आयल निगमको जग्गा प्रकरण, ललिता निवासको जग्गा जस्ता दर्जनौँ घटनाले देखाउँछन् कि हाम्रो देशमा भ्रष्टाचार कति झांगिदो छ भन्ने। एकातिर जनता गरिब हुँदै जाने, असमानताको खाडल फराकिलो हुँदै जाने अर्कोतिर केही सीमित मानिस भने अकुत सम्पत्तिको मालिक हुने अवस्थाको मुख्य कारण भ्रष्टाचार नै हो।के नेता, के कर्मचारी, के न्यायमूर्ति, के व्यापारी, सबै नै भ्रष्टाचारप्रति आकर्षित भइरहेका छन्। यो सबैमा जागिरहेको अनौठो आकर्षणले देश भने भित्रभित्रै खोक्रो बनिरहेको छ। यो ज्यादै चिन्ताको विषयसमेत हो। त्यसैले हामी सबै यसबारे चिन्तितमात्र हैन, गम्भीरसमेत भएर लाग्नुपर्ने अवस्था सिर्जना भएको छ।
२०१७ सालमा नेपालमा पञ्चायती व्यवस्था आरम्भ भयो। उक्त व्यवस्थासँगै एउटा रोग पनि निम्त्यिो। त्यो थियो– भ्रष्टाचार।खासगरी यो रोगलाई पञ्चायतले मलजल ग(यो।२०४६ सालमा मुलुकमा प्रजातन्त्र पुनस्र्थापना भयो भनियो। अनि त्यसले चाहिँ यो भ्रष्टाचारलाई निर्मूल पार्छ भन्ने ठानिएको थियो तर विडम्बना, भ्रष्टाचार घट्नु त के झन् झन् संस्थागत पो हुन पुग्यो।अर्थात यसरी भनौँ, पञ्चायतकालमा यसको मात्रा हजारमा सीमित थियो भने बहुदल आएपछि चाहिँ लाखमा पुग्यो।अझ २०६२-२०६३ को आन्दोलनपछि त यो मात्रा लाखबाट उक्लँदै करोडमा नाघ्न पुग्यो। जति पछि भयो उति उति भ्रष्टाचार बढ्दै गएको छ नेपालमा।
पैसा कति भए पुग्छ ? यसको उत्तर शायद कसैले पनि दिन सक्दैन। त्यसैले पैसा भन्ने चिज जति भए पनि पुग्दैन। त्यसैले यस्तो कहिल्यै नपुग्ने कुराको पछि लाग्दा व्यक्ति वा परिवार कहिल्यै पनि पूर्ण हुँदैन भने मुलुकचाहिँ क्रमशः खोक्रो बन्दै जान्छ। जुन सिंगो मुलुकबासीका लागिसमेत चिन्ताको विषय हो। यसले एकातिर पुल, विद्यालय, स्वास्थ्य चौकी जस्ता सर्वसाधारणको आधारभूत आवश्यकतासँग जोडिएका विषय कटौतीमा सघाउँछ भने अर्कोतिर यस्तो पैसाले समाजमा विकृतिसमेत भित्र्याउँछ। जसले गर्दा सामाजिक सन्तुलनसमेत खल्बलिन पुग्छ। र, आपसमा द्वेष पैदा हुन्छ।
त्यसैले अहिले मुलुकले भोगिरहेको सबैभन्दा मुख्य समस्यालाई वर्गीकरण वा प्राथमिकीकरण गरेर हेर्दा भ्रष्टाचार एक नम्बरमा पर्छ भन्नेमा शायदै दुई मत होला। विकास निर्माण त गरौँला तर विकास निर्माण गर्ने ढुकुटी नै धमिराले भित्रभित्रै सिध्याएझैँ डाडु पन्युँवालाले सिध्याउँदै जान थालेपछि विकास गर्नेचाहिँ कसरी रु त्यसैले सबैभन्दा पहिले हाम्रो ढुकुटीको प्वाल टाल्नुपर्छ र त्यो भनेको भ्रष्टाचार रोक्न सक्नु नै हो। भ्रष्टाचार आगोको झिल्को जस्तै हो। त्यसैले यसलाई जति छाड्यो उति फैलँदै जान्छ। फैलँदै गएपछि मुलुक नै डँढेलो लाग्ने हुन्छ। यही वास्तविकता बुझ्न ढिलाइ भयो भने हामीले आफ्ना लागि राज्यले विनियोजन गरेका सबै बजेट गुमाउनुपर्ने हुन सक्छ।
News Desk 0 response शनिबार, बैशाख १४, २०७६
– ईश्वरी अधिकारी

सम्बन्धित शीर्षकहरु
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३
-
विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा
बिहिबार, भदौ २५, २०८३ -
पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने
बुधबार, भदौ २४, २०८३ -
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात..
बुधबार, भदौ २४, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३
-
बदलिएको सहिदको परिभाषा
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय
मङ्लबार, भदौ २३, २०८३ -
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
विपद् प्रभावितको साथमा उभिन राष्ट्रपतिको आग्रह
सोमवार, भदौ २२, २०८३ -
रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा..
मङ्लबार, भदौ २३, २०८३



