
-
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीति मार्फत ७ सय ५३ वटै स्थानीय तहमा बाणिज्य बैंकका शाखा खोल्न निर्देशन दियो । जतिबेला २ सय ९६ स्थानीय तहमा मात्रै बाणिज्य बैंकका शाखा पुगेका थिए । त्यो निर्देशनअनुसार गत असारसम्म सबै स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुग्नु पर्दथ्यो तर, अहिलेसम्म जम्मा ७ सय ११ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । शाखा कार्यालय स्थापनाका लागि उचित भवन नपाएको, सडक नपुगेको र सञ्चारको सुविधा नभएको भन्दै बैंकहरुले अहिलेसम्म ४२ स्थानीय तहमा शाखा खोल्न आनाकानी गरेका छन् ।
ग्रामीण क्षेत्रबाट उल्लेख्य मात्रामा निक्षेप संकलन नहुने ठानेर पनि बैंकहरु दुर्गम क्षेत्रमा जान अरुचि देखाएका हुन् । दुर्गमका शाखाहरुको आम्दानीले खर्चलाई जित्न अझै २ वर्ष लाग्ने बैंकरहरुको आकलन छ ।
स्थानीय सरकारले बाणिज्य बैंकबाटै कारोबार गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहले उठाउने कर, वितरण गर्ने सेवा र परिचालन गर्ने बजेटको आकार बढ्दै जाादा बैंकले पर्याप्त कारोबार बढाउन सक्छन् । त्यसैले तत्कालको नाफा नहेरी बैंकहरुले सबै तहसम्म पुग्ने तत्परता देखाउने हो भने दूरगामी रुपमा फाइदा नै पुर्याउनेछ ।
News Desk 0 response सोमवार, चैत्र ४, २०७५


सम्बन्धित शीर्षकहरु
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ :..
आइतवार, जेष्ठ १, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९