• सिन्धुपाल्चोक ।

    बैंकले चर्को ब्याज लिएकाले व्यवसायी मारमा परेको भन्दै सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएको छ ।
    ब्याजदरमा आएको अत्यधिक बृद्धिले ब्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएको भन्दै उसले नेपाल सरकारको ध्यानाकर्षण गराएको हो । संघको बैठक बसेर उद्योगी ब्यवसायीको हितमा नभएको यो कामलाई रोक्न पनि अनुरोध गरेको छ । बढेको ब्याजदर हेर्दा जोखिम मोलेर उद्योग सञ्चालन गर्नुभन्दा बैंकमा पैसा राख्न उचित हुने अवस्था देखिएकोले यसलाई रोकेर उद्योगी ब्यवासायीको पक्षमा काम गर्नसरोकारवाला निकायलाई अनुरोध गरेको संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए ।

    ५० प्रतिशत कर्जा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने पनि उद्योगीहरुको माग छ । अनुदानमा एलसी खोल्न पाउनुपर्ने, पूँजीगत खर्च वृद्धि गर्नपर्नेलगायतका बिषयमा उनीहरुले आवाज उठाउँदै आईरहेका छन् ।

    बैंक तथा वितीय संस्थाद्वारा घोषित चर्को ब्याजदरका कारण निजी क्षेत्रलाई परेका समस्या र समाधानका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका सम्बन्धमा संघको बैठकले घनिभूत छलफल गरेको पनि अध्यक्ष श्रेष्ठले बताए ।