

कर्मचारीका कारण राजस्व असुलीमा कमी !
आन्तरिक राजश्व विभागले पनि बजेटमा उल्लेख भएको योजना कार्यान्वयन गर्न पाएको छैन । सेन्ट्रल बिलिङ प्रणाली अझै लागु हुन सकेको छैन । केही ठाउँमा शुरुसम्म भएको छ तर, प्रभावकारी रूपमा हैन । बजार अनुगमन ठप्प छ
-
अघिल्लो महिना लक्ष्यअनुरूप भन्सार उठ्न सकेन । गत महिना लक्ष्यभन्दा झण्डै पाँच अर्ब कम राजश्व संकलन भयो । कारण हो, अब भन्सारमा कर्मचारी खटिन डराउन थाले । अख्तियार, अदालत, राजश्व अनुसन्धानको नजरमा परिने, भत्ता सुविधा कटौतीजस्ता कारण कर्मचारी हतोत्साहित छन् । उनीहरू ‘फिल्डमा खटेर के पाइन्छ’ भन्न थालेका छन् । आन्तरिक राजश्व विभागले पनि बजेटमा उल्लेख भएको योजना कार्यान्वयन गर्न पाएको छैन । सेन्ट्रल बिलिङ प्रणाली अझै लागु हुन सकेको छैन । केही ठाउँमा शुरुसम्म भएको छ तर, प्रभावकारी रूपमा हैन । बजार अनुगमन ठप्प छ । त्यो काम वाणिज्य तथा आपूर्ति मन्त्रालयको मात्रै हो भन्ने मानसिकताका कारण यस्तो भएको हो । कतिपयले भ्याटबिल तिरेका हुँदैनन् । कुनै पनि सामानको भन्सार प्रतिशत निश्चित हुँदैमा त्यसको आयातको अनुपातमा मूल्यांकन कम देखिनुका पछाडि फितलो व्यवस्थापनलाई मानिएको छ । शुल्क लिइँदा तजविजमा मूल्यांकन हुने गरेको छ । यस्तो हुँदा हालै चीनबाट ल्याइएको अत्यावश्यक भित्री कपडाहरूको हकमा पचहत्तर करोडसम्म बिगो ठेकिएको पाइएको छ ।
News Desk 0 response बिहिबार, पुस ५, २०७५
निराशालाग्दो स्थिति त के छ भने, सरकारले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा १२ दशमलव ४६ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । मंसिर महिना सकिँदा ३९ अर्ब ११ करोड सात लाख रूपैयाँ पुँजीगत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको अभिलेखमा छ । चालु आर्थिक वर्षका लागि तीन खर्ब १३ अर्ब रूपैयाँ पुँजीगत बजेट विनियोजित भएको थियो । पाँच महिनामा एक खर्ब ६८ अर्ब रूपैयाँ राजश्व संकलन भएको छ । चालु खर्चचाहिँ दुई खर्ब ४८ अर्ब रूपैयाँ भएको छ । यो कूल विनियोजित खर्चको २९ दशमलव ४१ प्रतिशतमात्र हो । जबकि सरकारले आठ खर्ब ४५ अर्ब रूपैयाँ चालु खर्च विनियोजन गरेको थियो । मंसिर मसान्तसम्ममा बजेट बचत ३९ अर्ब ४१ करोड रूपैयाँ रहेको जनआस्थाले लेखेको छ ।

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



