

-
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ। बैंकले आर्थिक वर्ष २०७४\७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत शेयर लाभांश र दश दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरी आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो। उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र बैंकको साधारणसभाले स्वीकृति दिएपछि शेयरधनीलाई वितरण गरिनेछ। तीन कम्पनीको शेयर मूल्य समायोजन नेपाल स्टक एक्सचेञ्जमा आज तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार विजय लघुवित्त, किसान माइक्रोफाइनान्स र नेपाल ल्युब आयलको शेयर मूल्य समायोजन गरिएको हो । विजय लघुवित्तको प्रतिकित्ता रु ६३१ कामय हुने गरी मूल्य समायोजन गरिएको हो। सो लघुवित्तको आधार मूल्य प्रतिकित्ता रु ६९२ रहेको छ। किसान माइक्रोफाइनान्सको प्रतिकित्ता रु ९६३ रहने गरी शेयरमूल्य समायोजन भएको छ। सो कम्पनीको औसत आधारमूल्य रु एक हजार २४१ रहेको छ। त्यस्तै नेपाल ल्युब आयलको पनि प्रतिकित्ता रु १९३ हुने गरी मूल्य समायोजन गरिएको छ। कम्पनीको औसत आधारमूल्य रु १७३ कायम भएको स्टकले जनाएको छ।
News Desk 0 response आइतवार, पुस १, २०७५


सम्बन्धित शीर्षकहरु

शेयर बजारमा इन्साइडर ट्रेडिङ गरेको आरोपमा गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर
बिहिबार, चैत्र ९, २०७९-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
एपीएफ क्लब ललितपुर मेयर्स कप महिला टी–२०..
शनिबार, चैत्र ११, २०७९ -
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९