
-
अध्यादेशमा कर्मचारी समायोजन पाँच आधारमा गर्ने उल्लेख छ । अध्यादेशमा कार्यरत पदको ज्येष्ठतालाई पहिलो प्राथमिकतामा राखिएको छ। त्यस्तै, हाल कार्यरत रहेको प्रदेश वा स्थानीय तह, हालको स्थायी बसोबासको ठेगाना, नागरिकताको प्रमाणपत्रमा उल्लिखित ठेगाना र उमेरको जेष्ठतासमेतलाई कर्मचारी समायोजनका आधार बनाइएको छ।
मन्त्रिपरिषदले स्वीकृत गरेको उक्त अध्यादेशले प्रदेश वा स्थानीय तहको सेवामा कर्मचारी समायोजन गर्दा सम्भव भएसम्म पति(पत्नीलाई एकै स्थानमा पर्ने गरी समायोजन गर्ने व्यवस्था गरेको छ।
सरकारी सेवाका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन गरिने सेवा, समूहको पद तथा तहगत विवरण खुलाई निवेदन आह्वान गर्नेछ।
सो बमोजिम समायोजन हुन चाहने सरकारी कर्मचारीले सेवा सञ्चालन गर्ने निकायमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
कर्मचारीले दिएको निवेदनका आधारमा समायोजन हुने व्यवस्था छ।
कर्मचारी समायोजन सम्बन्धी कार्यको अनुगमन गर्ने, अन्तर निकाय समन्वय गर्ने र आवश्यकता अनुसार निर्देशन दिने प्रयोजनका लागि निर्देशन तथा समन्वय समिति रहने व्यवस्थासमेत अध्यादेशमा गरिएको छ।
समितिको संयोजकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेनछन्। त्यस्तै, उक्त समितिको सदस्यमा नेपाल सरकारको मूख्य सचिव र सेवा सञ्चालन गर्ने निकायका सचिव रहेनछन्। समितिको सदस्य सचिव भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रहनेछन्।
तर, कडा रोग लागेको वा गम्भीर शारीरिक अशक्तता भएको प्रमाणित भएका कर्मचारीले भने निर्देशन तथा समन्वय समितिको सिफारिसमा सेवा सञ्चालन गर्ने निकायले उपयुक्त ठहर्याए बमोजिम समायोजन गर्ने व्यवस्था छ।
News Desk 0 response बुधबार, मंसिर १९, २०७५


सम्बन्धित शीर्षकहरु

काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९
-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९