

-
काठमाडौं ।
शुभ टाईम्स् बहुउदेश्यिय सहकारी संस्था लिमिटेडले स्थापना छोटो समयमा नै उल्लेख्य प्रगती गर्न सकेको छ । युवाहरुको जोश र जाँगरले स्थापना भएको यस सहकारीले युवा ब्यवसायीलाई नै बिशेष सेवा गर्दै यो संस्थाले ०७२ सालवाट शुभ टाईम्स् बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको नाममा कारोवार गर्दै आएको हो ।
काठमाडौंको चावहिल वाट काम सुरु गरेको यो सहकारीले अहिले काठमाडौंको ब्यापारिक मुटु नयाँ सडकमा पनि कारोवार सुरु गरेको छ । यो सहकारीले चुक्ता शेयर पूँजी दुई करोड ६० लाख भन्दा धेरै वनाईसेको छ । साथै दश करोड रुपैयाँ भन्दा धेरै ऋण लगानी गरेर ब्यवसायीको सेवा गरिरहेको सहकारीका अध्यक्ष गंगावहादुर घिमिरे(सागर)ले वताए । संस्थाले निक्षेप दायित्वमार्फत १० करोड ४२ लाख रुपैयाँ भन्दा धेरै जम्मा गरेको छ ।
देशको आर्थिक अवस्था नै अलि समस्यामा रहेको भएपनि नयाँ नीति र योजनाका साथ अघि बढेको शुभटाईम्स्ले युवा लक्षित ब्यवसायिक कार्यक्रम सुरु गरेको छ । साथै,नाफावाट कोषहरुमा रकमान्तर गर्दै कोष बलियो तुल्याउने गरिएको घिमिरेले वताए । कोष बलियो वनाएपछि भविष्यमा आउने समस्यालाई समाधान गर्न सजिलो भएको संस्थाको ठहर छ । बिगतका बर्षहरुमा यसले धेरै फाईदा पुगेको अभिलेखवाट देखिन्छ । साथै संस्थाले बचतकर्ताको बचतलाई शेयरपूँजीको अनुपातमा अनिवार्य बचत गर्ने योजना यसले लिएको छ । शुभटाईम्स मोवाईल एप्सको निर्माण पनि संस्थाले गरिरहेको छ ।साथै संस्थाले ऋणि बीमा कार्यक्रम पनि सञ्चालन गर्न लागेको नवौ बार्षिक साधारणसभामा जानकारी दिईयो ।
संस्थाको नवौं साधारणसभा
छोटो समयमा धेरै काम गरेको यो सहकारीले आफ्नो नवौं साधारणसभा ६ असोजमा सम्पन्न गरेको छ । प्रदेश तीनका सामाजिक विकासमन्त्री युवारज दुलालले उद्घाटन गरेको साधारणसभामा बिभिन्न प्रकारका प्रतिवेदनहरु प्रस्तुत भए । ब्यवस्थितरुपमा साधारणसभाले प्रतिवेदनहरु पारित गरेपछि नयाँ कार्यसमिति पनि चयन गरेको छ । साधारणसभाले गंगावहादुर घिमिरे (सागर)लाई नै पुन अध्यक्ष चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष सँगै अन्य पदहरुमा पद निर्विरोधरुपमा चयन गरिएको थियो ।
News Desk 0 response आइतवार, अशोज ७, २०७५

सम्बन्धित शीर्षकहरु
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३


