

-
काठमाडौं ।
अन्तर्राष्ट्रिय फुटबलको स्थानमा नेपालको नयाँ रेकर्ड आएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान माथि उक्लिएको छ।
सूचीमा नेपाल १६०औं स्थानमा पुगेको हो। अघिल्लो महिना नेपाल १ सय ६१ स्थानमा थियो।
वरीयतामा नेपाललाई सार्क क्षेत्रका माल्दिभ्स र भारतले पछि पारेका छन्। सार्क क्षेत्रको शीर्ष स्थानमा रहेको भारत वरीयतामा ९९औं स्थानमा छ। विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन्। चौथो स्थानमा क्रोएसिया, पाँचौंमा उरुग्वे र छैटौं स्थानमा इंग्ल्यान्ड छन्। यस्तै, पोर्चुगल सातौं स्थानमा, स्विट्जरल्यान्ड आठौं, स्पेन नवौं र डेनमार्क दसौं स्थानमा छन्। अर्जेन्टिना ११औ, चिली र जर्मनी १२औं स्थानमा छन्।
सार्कको दोस्रो स्थानमा रहेको माल्दिभ्स १५१औं स्थानमा छ। माल्दिभ्स १ स्थान तल झरेको हो। माल्दिभ्सले भारतलाई पराजित गर्दै साफ सुजुकी कपको उपाधि जितेको थियो।
नेपालभन्दा तल रहेको भुटान १८८औं स्थानमा छ। भुटान ५ स्थान तल झरेको हो। बंगलादेश १९३औं, श्रीलंका १९९औं र पाकिस्तान १९९औं स्थानमा छन्।
News Desk 0 response बिहिबार, अशोज ४, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३
-
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३


