

आलोचनाको तारो- नेपाल प्रहरी
केही आपराधिक घटनाको अनुसन्धानमा गरेको गल्तिका कारण नेपाल प्रहरी यतिबेला आलोचनाको तारो बनेको छ । अधिकांश गल्ती गलत नियत र कमजोर क्षमता भएका अधिकृतबाट भएका छन् । तर, सामान्य सरुवादेखि प्रहरीको लगभग सबैजसो निर्णयमा गृह मन्त्रालयले दबाबमूलक चासो राख्छ ।
-
राजनीतिक पहुँचका भरमा एसपी डिल्लीराज विष्टले आफ्नो सेवा अवधिको अधिकांश समय घरपायक सुदूरपश्चिममा बिताए । अझ आफ्नै गृह जिल्ला कंचनपुरको सुरक्षा नेतृत्व सम्हाल्न पाए । यसैको परिणाम निर्मला पन्तको हत्या प्रकरणमा देखिएको छ ।
विष्ट मात्रै होइन, बलात्कारकै केश मिलाउन खोजेको आरोपमा निलम्बनमा परेका एसपी विद्यानन्द माझीलाई राजनीतिक प्रभावले नै तक्मा दिलायो । रक्तचन्द तस्करीमा मुछिएर कार्वाही भोगेका ओम रानालाई हालका गृहमन्त्री रामबहादुर थापाकै दवावमा कास्की प्रहरी नेतृत्वको जिम्मेवारीमा पठाइएको छ । जबकी त्यही प्रकरणमा सेनाका तत्कालीन कर्णेल कोर्टमार्शलबाट बर्खास्त नै भए । राजनीतिक दवाव र प्रभावले प्रहरीमा देखिएका बेथिति यि केही उदाहरण मात्रै हुन । केही आपराधिक घटनाको अनुसन्धानमा गरेको गल्तिका कारण नेपाल प्रहरी यतिबेला आलोचनाको तारो बनेको छ । अधिकांश गल्ती गलत नियत र कमजोर क्षमता भएका अधिकृतबाट भएका छन् । तर, सामान्य सरुवादेखि प्रहरीको लगभग सबैजसो निर्णयमा गृह मन्त्रालयले दबाबमूलक चासो राख्छ । अपजस भने प्रहरीले मात्र खेप्नु परिरहेको छ ।
संगठनभित्र कुन अधिकृतको छवि कस्तो छ, संगठन प्रमुखलाई मात्रै राम्रो जानकारी हुने भएकैले जिल्लाको सुरक्षा नेतृत्व सम्हाल्न सक्ने एसपी सम्मको सरुवा गर्ने अधिकार प्रहरी महानिरक्षकलाई छ । तर गृहमन्त्री, सचिव र उनका निजि सचिवालयका व्यक्तिहरुको दवावका भरमा पठाइएका अधिकृतहरुले गरेको गलत कामको अपजस भने सिंगो प्रहरी संगठनले खप्दै आएको छ ।
यदी संगठन प्रमुखले नै सक्षमलाई भन्दा खराबलाई जिम्मेवारी दिएको कारण सुरक्षा व्यवस्था विग्रिएको हो भने गृहमन्त्रीले चासो राख्नु पर्छ । तर, यसलाई दुरुपयोग भने गर्नु हुन्न ।
News Desk 0 response मङ्लबार, अशोज २, २०७५

सम्बन्धित शीर्षकहरु
-
झन्डै दुईतिहाइ बहुमत भएको सरकारको पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३
-
झन्डै दुईतिहाइ बहुमत भएको सरकारको पहिलो बजेट..
बिहिबार, जेष्ठ १४, २०८३ -
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
चीन र रुसबीच व्यापार र प्रविधिसम्बन्धी २०..
बुधबार, जेष्ठ ६, २०८३



