

पदक पाउनेमा बिबादित ब्यक्ति धेरै !
नक्कली प्रमाणपत्रमा जागिर खाएका पूर्वप्रधानन्यायाधिशदेखि बलात्कारीको संरक्षण गर्ने प्रहरी अधिकृतसम्म
-
काठमाडौं ।
गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी दिईएका ब्यक्ति नै बिवादित परेका छन् । ३४५ जनालाई प्रदान गरिएको यी पदक बिवादास्पद ब्यक्तिले लिएपछि सर्वत्र आलोचना भएको छ । कर्मचारी र सुरक्षाकर्मी नै धेरै रहेका पदक प्राप्त गर्नेहरुमा नक्कली प्रमाणपत्रमा जागिर खाएका पूर्वप्रधानन्यायाधिशदेखि बलात्कारीको संरक्षण गर्ने प्रहरी अधिकृतसम्म छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्तित्वलाई विभिन्न विभूषणबाट विभूषित गरेपछि आलोचना बढेको छ ।
प्रसिद्ध प्रबल जनसेवाश्री विभूषणबाट बिभूषित भएका मध्ये गोपालप्रसाद पराजुली (पूर्व प्रधानन्यायाधीश) बिभिन्न आरोपमा जर्वजस्त हटाईएका ब्यक्ति हुन् । उनीसँगै ईश्वरीप्रसाद खतिवडा (न्यायाधीश), दीप बस्न्यात (पूर्व प्रमुख आयुक्त, अदुअआ), उमेश मैनाली (अध्यक्ष, लोकसेवा आयोग), राजेन्द्र क्षत्री (प्रधान सेनापति, नेपाली सेना) र लोकदर्शन रेग्मी (मुख्य सचिव)लाई पनि सोही पदवी दिईएको थियो ।बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाए । उनले प्रबल जनसेवाश्री विभूषण पाए । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए । गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही गरेको थियो । उनै माझीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै विभूषण ग्रहण गरेका हुन् ।
अघिल्लो वर्ष नै उनलाई विभूषण दिने निर्णय भएकाले आफूहरूले हटाउन नसकेको गृहको भनाई छ । मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव सोमलाल सुवेदी र गोपीकृष्ण शर्माको नाम हटाउँदा उनको नाम भने हटेन । त्यसोत सरकारले अयोग्य भनि हटाएर मुद्धा खेपिरहेका धेरै ब्यक्तिलाई पनि पदक दिर्ईएको छ । गोरखापत्रका महाप्रबन्धक वशन्तप्रकाश उपाध्यालाई पनि पदक दिईएको छ । उनी सरकारले अयोग्य ठानेर हटाईएका ब्यक्ति हुन् । साथै, गोरखापत्रका भएको अनियमियता छानविनका लागि सरकारले गठन गरेको समितिले संस्थानमा धेरै आर्थिक अराजक भएकोले कार्वाहीको सिफारिस पनि गरेको छ ।
News Desk 0 response बुधबार, भदौ २०, २०७५


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
क्यानको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने परेनन्
शुक्रबार, माघ १३, २०७९