

पदक पाउनेमा बिबादित ब्यक्ति धेरै !
नक्कली प्रमाणपत्रमा जागिर खाएका पूर्वप्रधानन्यायाधिशदेखि बलात्कारीको संरक्षण गर्ने प्रहरी अधिकृतसम्म
-
काठमाडौं ।
गत वर्ष २०७४ को गणतन्त्र दिवसका दिन घोषणा भएका विभिन्न दश प्रकारका मानपदवी दिईएका ब्यक्ति नै बिवादित परेका छन् । ३४५ जनालाई प्रदान गरिएको यी पदक बिवादास्पद ब्यक्तिले लिएपछि सर्वत्र आलोचना भएको छ । कर्मचारी र सुरक्षाकर्मी नै धेरै रहेका पदक प्राप्त गर्नेहरुमा नक्कली प्रमाणपत्रमा जागिर खाएका पूर्वप्रधानन्यायाधिशदेखि बलात्कारीको संरक्षण गर्ने प्रहरी अधिकृतसम्म छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा गृह मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले ती व्यक्तित्वलाई विभिन्न विभूषणबाट विभूषित गरेपछि आलोचना बढेको छ ।
प्रसिद्ध प्रबल जनसेवाश्री विभूषणबाट बिभूषित भएका मध्ये गोपालप्रसाद पराजुली (पूर्व प्रधानन्यायाधीश) बिभिन्न आरोपमा जर्वजस्त हटाईएका ब्यक्ति हुन् । उनीसँगै ईश्वरीप्रसाद खतिवडा (न्यायाधीश), दीप बस्न्यात (पूर्व प्रमुख आयुक्त, अदुअआ), उमेश मैनाली (अध्यक्ष, लोकसेवा आयोग), राजेन्द्र क्षत्री (प्रधान सेनापति, नेपाली सेना) र लोकदर्शन रेग्मी (मुख्य सचिव)लाई पनि सोही पदवी दिईएको थियो ।बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाए । उनले प्रबल जनसेवाश्री विभूषण पाए । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा आर्थिक चलखेलका आधारमा बलात्कार गर्ने समूहसँग मिलेर उनले पीडितलाई मिलापत्र गर्न दबाब दिएका थिए । गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही गरेको थियो । उनै माझीले राष्ट्रलाई महत्वपूर्ण योगदान दिएको भन्दै विभूषण ग्रहण गरेका हुन् ।
अघिल्लो वर्ष नै उनलाई विभूषण दिने निर्णय भएकाले आफूहरूले हटाउन नसकेको गृहको भनाई छ । मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव सोमलाल सुवेदी र गोपीकृष्ण शर्माको नाम हटाउँदा उनको नाम भने हटेन । त्यसोत सरकारले अयोग्य भनि हटाएर मुद्धा खेपिरहेका धेरै ब्यक्तिलाई पनि पदक दिर्ईएको छ । गोरखापत्रका महाप्रबन्धक वशन्तप्रकाश उपाध्यालाई पनि पदक दिईएको छ । उनी सरकारले अयोग्य ठानेर हटाईएका ब्यक्ति हुन् । साथै, गोरखापत्रका भएको अनियमियता छानविनका लागि सरकारले गठन गरेको समितिले संस्थानमा धेरै आर्थिक अराजक भएकोले कार्वाहीको सिफारिस पनि गरेको छ ।
News Desk 0 response बुधबार, भदौ २०, २०७५

सम्बन्धित शीर्षकहरु
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो
बुधबार, जेष्ठ १३, २०८३ -
सरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा..
बुधबार, जेष्ठ १३, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३ -
ओली, लेखक र गुरुङलाई कारबाही गर्न आयोगको..
बुधबार, जेष्ठ १३, २०८३ -
मधेसमा मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ
मङ्लबार, जेष्ठ १२, २०८३
-
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३ -
प्रधानन्यायाधीश शर्माले लिए राष्ट्रपतिबाट शपथ, पदभार ग्रहण..
मङ्लबार, जेष्ठ ५, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३



