

-
काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले संसदमा दर्ता गराएको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा बेरोजगारलाई भत्ता उपलब्ध गराउनेसहितको बिषय उल्लेख छन् ।
नेपाल सरकारले रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिलाई न्यूनतमसहितक रोजगार उपलब्ध गराउन नसके बेराजगारी भत्ता प्रदान गर्ने व्यवस्था विधेयकमा रहेको छ।
‘एक आर्थिक वर्षमा मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको एकसय दिन बराबरको रकमको पचास प्रतिशत रकम तोकिएको शर्तको अधीनमा रही निर्वाह भत्ता उपलब्ध गराउनेछ।’ विधेयकमा लेखिएको छ,‘बेरोजगार व्यक्तिले एक आर्थिक वर्षमा एकसय दिनभन्दा कम अवधि मात्रै रोजगारी पाएमा एकसय दिन पुग्न बाँकी अवधीको मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको पचास प्रतिशत बराबरको रकम मात्र निर्वाह भत्ता उपलब्ध गराइनेछ।’
‘परिवारको कुनै पनि सदस्यले तोकिए बमोजिमको रोजगारी नपाएमा, नेपाल सरकारले तोकेभन्दा कम वार्षिक आय भएका परिवारलाई, परिवारको कुनै पनि सदस्य स्वरोजगार नभएमा, परिवारको कुनै सदस्य वैदेशिक रोजगारीमा नगएकोमा’ मात्र बेरोजगारी भत्ता प्रदान गरिनेछ।
सरकारी कोष वा अन्य मुलुक, अन्र्तराष्ट्रिय, अन्तरसरकारी संघ, संगठन वा अन्य कुनै संस्थाबाट नियमित निवृत्तभरण वा अवकाश सुविधा लिइरहेका, नेपाल सरकारको सहायता सम्बन्धी अन्य कोषबाट नियमित रुपमा कुनै पनि किसिमको सहायता प्राप्त गरेको व्यक्तिको परिवारले यो भत्ता पाउने छैन।
विधेयकमा व्यवस्था गरिएको वेरोजगार सहायता कार्यक्रम अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले वेरोजगार सहायताको लागि रोजगारीको अवसर सम्बन्धी सूचना उपलब्ध गराउने, रोजगारमूलक तथा सीपमूलक तालीम प्रदान गर्ने, बैंक तथा वित्तीय संस्था मार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउने, स्वरोजगार सृजना गर्ने छ।
ऐन बमोजिमको बेरोजगार सहायता कार्यक्रम अन्र्तगतको तालीम प्राप्त गरेको व्यक्तिले रोजगार सेवा केन्द्रले खटाएको स्थान वा क्षेत्रमा गई तोकिए बमोजिम काम गर्नै पर्नेछ। खटाएको क्षेत्रमा काम गर्न नजाने वा इन्कार गर्ने व्यक्तिलाई वेरोजगार सूचीबाट हटाई निर्वाह भत्ता प्रदान नगरिने व्यवस्था गरिएको छ।
झुठो विवरण पेस गरी वेराजगार साहयता लिएमा सहायता बापत प्राप्त गरेको रकम असूल उपर गरी सोही बराबरको रकम जरीवाना गर्ने व्यवस्था पनि रहेको छ ।
News Desk 0 response बुधबार, भदौ ६, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



